Ultimate magazine theme for WordPress.

रूकिएन बाराको सिम्रौणगढबाट तस्करी, करीब ८ लाख बराबरको तस्करीका समान बारा प्रहरीद्वारा बरामद

145

उमेश दुबे
पर्सा, ८ बैशाख / बाराको सिम्रौणगढ नाकाबाट बारा प्रहरीद्वारा भारी मात्रामा तस्करी भइरहेको मालसमान बरामद गरेको छ । नेपाल र भारतको सीमा नाका हुँदै समान ओसार पोसार गर्ने सवारी साधनदेखी मालसमान पक्राउ गर्न बारा प्रहरीले सफल भएको हो ।
तस्कर सङठनहरूले सीमा नाकालाई कमाइ खाने भाडो बनाउन थालेपछी जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षकको कडा निर्देशन आउनसाथ इलाका प्रहरी कार्यालय सिम्रौणगढबाट खटिएको प्रहरी टोलिले करीब ८ लाख ३२ हजार बराबरको मालसमान नियन्त्रणमा लिन सफल भएको हो । नेपाल र भारतको सीमामा सुरक्षा ब्यवस्था कडा पार्न पटक पटक माथिबाट निर्देशन आएपनी सिम्रौणगढबाट तस्करी न्यूनीकरण नहुनु सीमामा खटिएका प्रहरी नै रहेको बारे प्रष्ट हुन्छ । इलाका प्रहरी कार्यालय सिम्रणगढबाट खटिएको टोलिले विभिन्न मिति र समयमा पक्राउ गरिएको मालसमान आज भन्सार बुझाइएको बारा प्रहरीले जनाएको छ ।
तस्कर संगठनले तस्करी कार्यमा प्रयोग गर्ने गरेको नेपाली तथा भारतिय मोटरसाइकल सहित रेडिमेड कपडा, कस्मेटिक समान, जुत्ता, किराना आइटम लगायतका समान नियन्त्रणमा लिएको बारा प्रहरीले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.