Ultimate magazine theme for WordPress.

राहतको समाग्री पिडितहरुको घरमा नपुगेको : वडा अध्यक्ष अंसारी

150

उमेश दुबे
बारा, २० चैत्र ÷ आइतवार आएको बिनाश्कारी हावाहुरीले गर्दा पिडित रहेकाहरुको घरसम्म राहतको समाग्री अपुग भएको फेटा गाउपालिका वडा नं. ६ का वडा अध्यक्ष जाकिर अंसारीले बताउनु भएको छ । राहतको समाग्रीहरु जताततै बितरण भइरहेकोले एउटै घरधनिले पटक पटक राहतको समाग्री लिने गरेकोले अपुग भएको बताउनु भएको हो ।
फेटा गाउपालिका वडा नं. ६ का वडा अध्यक्ष जाकिर अंसारीले आइतवार साझ आएको बिनाश्कारी हावाहुरीले गर्दा आफ्नो वडाको १ सय ८० वटा घरको नाम संकलन गरिएको मध्ये ८० वटा घर पूर्ण रुपले ध्वस्त भएको बताउनु भयो । फेटा गाउपालिका वडा नम्बर ६ पुरैनियामा मात्रै १० जनाको मृत्यु भएको र करिब ८० जनाको अस्पतालमा उपचार भइरहेको बताउनु भयो ।
आइतवार आएको बिनाश्कारी हावाहुरीमा स्थानिय सबै सर्वसधारणको धनवाली नष्ट भएको छ । खेतमा रहेको गेहु समेत नष्ट भएको हो । स्थानिय करिब १ सय ८० घरधनि बेघर भएको बेला सशस्त्र प्रहरीले बनाएको टेन मेन टेन्ट नामक टहरा निर्माण गरे पश्चात अलि राहत भएपनि खाने समाग्रीहरुको अहिलेपनि कमि रहेको बताउनु भयो । राहतको नाममा आएको खादान्य तथा प्रयोग गर्ने समाग्री जताततै बाडन थालेपछि पिडित समक्ष नपुगेको बताउनु भयो । सशस्त्र प्रहरी, नेपाल प्रहरी, नेपाली सेना लगायत बिभिन्न ठाउहरुबाट राहतको लागि समाग्री आइरहेपनि राहत पुग्ने ठाउमा नपुगेको वडा अध्यक्ष जाकिर अंसारीले बताउनु भयो ।
बिनाश्कारी हावाहुरीले गर्दा बारा र पर्सा जिल्लाबाट करिब ४५ जनाको मृत्यु हुनुको साथै ४ सय भन्दा बढी घाइते भएका थिए । मृतकहरुको शव आफ्न्तहरुलाई जिम्मा लगाइएको छ भने घाइतेहरुको वीरगंज स्थित रहेको अस्पतालहरुमा उपचार भइरहेको छ ।

Leave A Reply

Your email address will not be published.