Ultimate magazine theme for WordPress.

राष्ट्रिय बिदाबारे सुझाव दिन गृह मन्त्रालयलाई एक महिनाको समय

48

काठमाडौं, पुस २७  : नेपाल सरकार मन्त्रीपरिषदको बैठकले राष्ट्रिय बिदाबारे पुनरावलोकनका लागि सुझाव दिन गृह मन्त्रालयलाई निर्देशन दिएको छ। कुन दिवसमा राष्ट्रिय बिदा दिने, कुन दिवस र पर्वमा प्रादेशिक र स्थानीय स्तरमा बिदा दिने भन्नेबारे सुझाव पेश गर्न गृह मन्त्रालयलाई एक महिनाको समय दिइएको सूचना तथा सञ्चार मन्त्री एवं सरकारका प्रवक्ता सुरेन्द्र कार्कीले जानकारी दिए।

बुधबार सिंहदरबारमा सम्पन्न बैठकले राष्ट्रिय पूनर्निर्माण प्राधिकरण कार्यकारी अधिृकत सुशीलराज ज्ञवालीलाई अवकास दिने निर्णय गरेको छ।

बैठकले प्राधिकरणको कार्यकारी अधिकृतमा डा. गोविन्द पोखरेललाई नियुक्त गर्ने निर्णय गरेको छ।

बैठकले भूकम्पबाट क्षतिग्रस्त विद्यालय पूनर्निर्माणका लागि करारमा कर्मचारी नियुक्तिको अनुमति दिने निर्णय पनि गरेको छ। नियुक्त गरिएका कर्मचारीहरुको करार अवधि एक वर्षको हुने पनि प्रवक्ता कार्कीले जानकारी दिए।

Leave A Reply

Your email address will not be published.