Ultimate magazine theme for WordPress.

रानिघाटका युवा द्वारा राहत बितरण

235

बिरगंज १९ चैत्र / आज बेलुका बिरगंज रानिघाट का युवाहरु ले बिरगंजमा रहेका गरिब तथा बिपन्न रिकसा चलाकहरु लाई राहत बितरण गरेका छन। ने. बि. संघ ठाकुराम एकाइ सचिव राज चैरसियाको पहल र रानिघाटका स्थानिय ब्यपारी सन्जय कुमार कल्वारको सहयोगमा बिरगंजका करिब ५० रिक्सा चालक लाई खधान्य बितरण गरेका छ्न । राहत बितरणमा ५ किलो चामल १ किलो आलु र तेल ५०० ग्रमको पैकेट बनाइ बस पार्क, भिस्वा र पानीट्न्की लगायत का ठाउमा बितरण गरेका छ्न । मुलुक पूर्णरूपले लक डाउन भैसके पछि उनीहरुलाई खान समेत गारो भएकोले बस पार्क प्रहरी चैकीका प्रहरी नायब निरीक्षक बिरेन्द्र प्रसाद साहीको सह्जिकरण राहत बितरण गरियो । राहत बितरणमा चन्दन सिह, मुन्ना सराफ, बिवेक चौरसिया, मुन्ना गुप्ता, गैतम कर्ण, सोनु गुप्ता लागायतको सहभागिता रहेको थियो ।

Leave A Reply

Your email address will not be published.