Ultimate magazine theme for WordPress.

राजस्व गस्ती टोलिद्वारा लागू औषध ओनेरेक्स सहित सुवेदी पक्राउ

208

उमेश दुबे
पर्सा, ३१ बैशाख / बिरगंज भन्सार राजस्व गस्ती टोलिले लागू औषध ओनेरेक्स सहित एक जना नेपाली नागरिकलाइ पक्राउ गरेको छ । भारतको रक्सौलबाट नेपाल भित्रिदै गर्दा सशस्त्र प्रहरी राजस्व गस्ती टोलिले लागू औषध ओनेरेक्स सहित एक जनालाइ पक्राउ गर्न सफल भएको हो ।
भारतको रक्सौलबाट खरिद गरी नेपाल भित्रिदै गर्दा विशेष सुचनाको आधारमा बिरगंज भन्सार राजस्व गस्ती टोलिका प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक तिलक खडकाको कमान्डमा खटिएको टोलिले पक्राउ गर्न सफल भएको हो । मकवानपुर जिल्लाको हेटौडा उप-महानगरपालिका वडा नम्बर ९ निवासी शम्भु सुबेदीका ३४ बर्सिय छोरा अग्नि सुवेदीलाइ ९६ पिस लागु औषध ओनेरेक्स सहित पक्राउ गरिएको डिएसपी तिलक खडकाले जानकारी दिनुभयो । ना ११ प २६१८ नम्बरको एफ जेढ मोटरसाइकलमा लागू औषध भित्रिरहेको सुचना पाउनसाथ टोलिलाइ चारैतिर परिचालन गरि पक्राउ गर्न सफल भएको डिएसपी खडकाले बताउनु भयो ।
पक्राउ गरिएको लागू औषध सहित सुवेदीलाई अवाश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाइएको सशस्त्र प्रहरी नायब उपरीक्षक तिलक खडकाले जानकारी दिनुभयो ।

Leave A Reply

Your email address will not be published.