Ultimate magazine theme for WordPress.

राजस्व गस्ति टोलीद्वारा अवैध तरिकाले भित्रयाइएको कपडा सहित एक जना पक्राउ

101

उमेश दुबे
वीरगंज, १८ कार्तिक ÷ वीरगंज भन्सार राजस्व गस्ति टोलीले अवैध तरिकाले नेपाल भित्रयाइएको कपडा सहित एक जनालाई पक्राउ गरेको छ । भारतको रकसौलबाट अवैध तरिकाले वीरगंज तर्फ ल्याउदै गरेको करिब ४ लाख बराबरको कपडा बरामद गरेको हो ।
ना १ ह ५३५४ नम्बरको ईरिक्सामा कपडा लोड गरी नेपाल भित्रइरहेको सूचना पाउन साथ सशस्त्र प्रहरी नायब उपरीक्षक तिलक खडकाको कमाण्डमा खटिएको टोलीले पक्राउ गर्न सफल भएको हो । वीरगंज महानगरपालिका वडा नं. १६ रजतजयन्ती नजिकै अवैध तरिकाले भित्रयाइएको कपडा, भाडाकुडा, इरिक्सा र एक जनालाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक खडकाले बताउनु भयो । पक्राउ पर्नेमा वीरगंज महानगरपालिका वडा नं. २ छपकैया निवासी ४१ ब्र्षिय सफिक मियालाई आवश्यक कारवाहीको लागि वीरगंज भन्सार कार्यालयमा बुझाइएको खडकाले बताउनु भयो ।

Leave A Reply

Your email address will not be published.