Ultimate magazine theme for WordPress.

युवा समाजसेवी सिए अजय चौरिसियाको सहयोगमा ८० जना विपन्नलाई कम्बल वितरण

175

पर्सा, १८ माघ । चौरसिया एण्ड चौरसिया कम्पनीका प्रमुख सिए अजय चौरसिया तथा अन्य युवाहरुको सक्रियतामा शनिवार १०० जना विपन्नलाई कम्बल वितरण गरिएको छ । वीरगंज महानगरपालिकाको वडा नम्बर ३१ बेल्वा र लक्ष्मीपुर टोलका ८० जना विपन्नहरुलाई १/१ थानको दरले कम्बल वितरण गरिएको छ । युवाहरुको व्यक्तिगत सहयोग र प्रयासमा कम्बल वितरण गरिएको युवा समाजसेवी अजय चौरसियाले बताउनु भयो ।
सामाजिक अभियान्ता तथा युवाहरूको विशेष पहलमा लक्ष्मीपुरको एक सामुदायिक विधालय र बेल्वा टोलको विपन्न वस्तीमा अनौपचारिक कार्यक्रम आयोजना गरेर कम्बल वितरण गरिएको युवा समाजसेवी राहुल पटेलले बताउनु भयो।
”एक हप्तादेखि बढेको चिसोसंगै उक्त टोलका वासिन्दाहरुको सास्ती पनि बढेको खबर पाउनासाथ कम्बल बाड्ने निर्णय गरेको चौरसिया एण्ड चौरसिया कम्पनीका प्रमुख चौरसियाले बताउनु भयो। अब अगामी दिनहरूमा पनि विभिन्न साथी-भाईहरूको सहयोगले आवस्यकता अनुसार उपयुक्त स्थानमा कम्बल वितरण गरिने र यसले ‘जाडोको औषधि’ को संज्ञा भएको प्रमुख चौरसिया बताए ।
समाजप्रतिको उदारदायी बन्दै हामी अन्य ठाउका अतिविपन्न परिवारलाई कम्बल वितरण गरिने समेत प्रतिबद्धता गर्दै हामी सबैले हातेमालो गरेर यस्तो विपतको वेला सहयोग गर्न पाउँदा स्थानीयको अनुहारको मुस्कानले अझ काम गर्ने प्रेरणा पाएको प्रमुख चौरसियाले बताउनु भएको छ ।
कम्बल वितरण कार्यक्रममा अभियन्ता प्रकाश थारु,युवाहरु जया साह, राहुल कुर्मी ,शिक्षिका अनुराधा चौरसिया लगायतकाको सहयोग र सहभागिता रहेको चौरसियाले जानकारी दिनुभयो।

Leave A Reply

Your email address will not be published.