Ultimate magazine theme for WordPress.

यसरी पक्राउ परे ८ बर्षिय करण साहका हत्यारा

551

उमेश दुबे

पर्सा, १५ जेष्ठ ÷ शुक्रवार करिब बिहान ११ बजेको समयमा वीरगंज महानगरपालिका वडा नं. ३ प्रगतिनगर निवासी शम्भु साहको ८ बर्षिय छोरा आफ्नै घर अगाडी खेलीरहेको अवस्थामा अपहरणमा परे । आफ्नो छोराको अपहरण भएको बारे केही जानकारी नभएको र खोजतलासमा जुटेकै बेला रातिको करिब ९ बजेर २७ मिनेटमा शम्भु साहको मोबाइलको घण्टी बज्यो । अपरीच नम्बरले आएको फोनबाट साहलाई ३० लाखको फिरौती रकमको मांग भयो ।

आफ्नो छोरा अपहरणमा परेको सुनि शम्भु साह एकछिन दंग भए र रातिको १० बजेर १५ मिनेटमा फोनकै माध्यमले जिल्ला प्रहरी कार्यालय पर्सामा छोरा अपहरण भएको बिषयमा जानकारी गराए । जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरीहरु खबर आउनसाथ ८ बर्षिय करण साहको खोजतलाशमा जुटे । ८ बर्षिय करण साहको खोज तलास गर्दै जादा प्रहरीहरु जेष्ठ १४ गते शंकाको आधारमा ३ जनालाई पक्राउ गर्न सफल भए । शंकाको आधारमा पक्राउ परेका तिन जना संग सोधपुछ गर्दा ८ बर्षिय करण साहलाई हत्या गरिसकेको स्विकारे ।

प्रहरीको नियन्त्रणमा रहेका ३ जनाकै बयानको आधारमा आज बिहान करिब २ बजेको समयमा ८ बर्षिय करण साहलाई हत्या गरी गाडिएको ठाउमा प्रहरी पुग्न सफल भयो । ३ जना मिलेर अपहरण गरीएका अभियुक्त संगै घटना स्थल बारा जिल्लाको कलैया उपमहानगरपालिका वडा नम्बर २५ स्थित खोराही खोलामा गाडिएको अवस्थामा शव बराबद गर्न सफल भएको पर्सा प्रहरीले जनाएको छ । घटना स्थलबाट प्रहरीलाई झुक्याई अभियुक्तहरु भाग्न खोज्दा प्रहरीले गोली समेत चलाएको र गोलीबाट दुई जना अभियुक्त घाइते भएको प्रहरीले जनाएको छ ।

अपहरणमा संलग्न भारत घर बताउने हाल वीरगंज महानगरपालिका वडा नम्बर ३ प्रगतिनगर डेरा गरी बस्दै आएका अन्दाजी २१ ब्र्षिय बिकाश शर्मा, बारा जिल्ला कलैया उपमहानगरपालिका वडा नम्बर ११ बस्ने अन्दाजी २२ बर्षिय सिकेन्द्र साह तेली र बारा जिल्लाकै खपरताता बस्ने २१ ब्र्षिय विनेश महतोलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । प्रहरीले गोली चलाउदा बिकास शर्मा र सिकेन्द्र साह तेली घाइते भएको र निजहरुलाई वीरगंज स्थित नारायणि उपक्षेत्रिय अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.