Ultimate magazine theme for WordPress.

मोर्चा द्वारा मधेश बन्दको आह्वान

68

विरगंज, १० फागुन – संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा पर्साले मधेश बन्दको आह्वान गरेको छ । मोर्चाले संयुक्त रुपमा आज एक प्रेस विज्ञप्ति जारि गर्दै भोलि एक दिनका लागि मधेश बन्दको आह्वान गरेको छ ।

मोर्चको निर्णय अनुसार भोलि बुधवारका दिन तराई-मधेशमा कुटनीतिक बिभागका गाडी, शादी बिभागका गाडि ,शव वाहान, वारुण यन्त्र, दुध बोक्ने गाडी, संचारका गाडी, तथा सरसफाई गाडी बाहेक सम्पूर्ण यातायातका साधन, कलकारखाना, संस्था, पसल बिधलाया, क्याम्पसहरु बन्द रहने उक्त प्रेस विज्ञप्तिमा उल्ल्खित छ ।

राष्ट्रिय मधेश समाजवादी पार्टी, सद्भावना पार्टी, संघिय समाजवादी फोरम नेपाल, नेपाल सद्भावना पार्टी, मधेशी जानअधिकार फोरम गणतान्त्रिक द्वारा संयुक्त रुपमा निकालिएको उक्त विज्ञप्तिमा सपुर्ण मधेश वशीलाइ आन्दोलनमा सहयोग गर्न उक्त विज्ञप्ति द्वारा आग्रह गरेको छ ।

मन्त्रिपरिषद्को सोमबार साँझ बसेको बैठकले आउँदो बैशाख ३१ गतेका लागि स्थानीय तहको निर्वाचन गर्ने तिथि घोषणा गरेको विरोधमा मोर्चाले आज मसाल जुलुस प्रदर्शन गरेको थियो । त्यसैगरि मधेशका विभिन्न जिल्लाहरुमा आज मसाल जुलुस प्रदर्शन गरिएको छ भने भोलि मधेश बन्दको आह्वान गरिएको छ ।

Leave A Reply

Your email address will not be published.