Ultimate magazine theme for WordPress.

मासिक १० लाख दिए पश्चात् सशस्त्र प्रहरीले दिएको थिए तस्करीको लाइन

500

उमेश दुबे पर्सा, २७ जेष्ठ / पर्साको अलौ नाका हुँदै भइरहेको तस्करीको बिषयमा समाचार उजागर हुनासाथ ४ पोका कपडा र एउटा मोटरसाइकल सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । बुधवार यस अनलाइनमा समाचार उजागर हुनासाथ सशस्त्र प्रहरी बल १३ नम्बर गणबाट खटिएको टोलिले अलौ चौकबाट मोटरसाइकलमा लोड रहेको ४ पोका कपडा र १ वटा मोटरसाइकल बरामद गरेका हुन । तस्करी भित्रको रहस्य : बिगत पाच दिनदेखि कपडाको तस्करी भइरहेको थियो । बोर्डर आउट पोस्टका प्रमुख सशस्त्र प्रहरी निरीक्षक इश्वर अधिकारीले आफ्नो संगठनको मातहातमा पर्ने १३ नम्बर गणका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक राजेन्द्र खडकाको नाममा मासिकको २ लाख ५० हजार, स्कवाड टोलिको नाममा ५० हजार, दुई जना डिएसपी साबको नाममा २ लाख र आफ्नो नाममा ५ लाख गरि १० लाख लिए पश्चात् तस्करीको लाइन दिएको तस्करले जनाएका छन । समाचार उजागर भएपछी पैसा लिएको माल समेत जबर्जस्ति नियन्त्रणमा लिएको तस्करले बताएका छन भने बिगत ५ दिनदेखी तस्करीको लाइन चलेपनी आफुलाइ केही फरक नपरेको बताएका छन । यता सशस्त्र प्रहरीका एक जना कर्मचारीका अनुसार बिगत ५ दिनदेखी तस्करीको लाइन चलेको छ । आफुहरू तस्करको समान नरोक्न निर्देशन समेत आएको छ । तर एक्कासि स्कवाड टोलिले माल समान पक्राउ गर्नसाथ के कति रकम बाडफाड गरिएको बिषयमा रहस्य खुलेको छ । सशस्त्र प्रहरीलाई दिएको घुसको रकम तस्कर समूह फिर्ता माङ्गदै तस्करी गर्नको लागि सशस्त्र प्रहरीलाई दिएको १० लाख रूपैया तस्कर समुहले फिर्ता माङ्गिरहेको बताइन्छ । आज भन्दा करीब ६ दिन अगाडी बोर्डर आउट पोस्ट अलौका प्रमुख सशस्त्र प्रहरी निरीक्षक इश्वर अधिकारीले आफ्नो हाकिम सशस्त्र प्रहरी उपरीक्षक लगायत गणका कर्मचारीहरूको नाममा मासिक १० लाख रूपैया लिएको उजागर भएको छ । मासिकको रूपमा १० लाख रूपैया दिएपनी आफ्नो मालसमान पक्राउ गरेको भन्दै रातिकै समयमा आफ्नो पैसा फिर्ता माङ्गन बिओपी गेटमै धर्ना समेत दिएको सशस्त्र प्रहरी श्रोतले जनाएको छ । १० लाख मध्ये ५ दिनको हिसाब कट्टा गरेर फिर्ता दिने सशस्त्र प्रहरीले तस्करलाइ बताए पश्चात् नमानेपछी बिबाद समेत उतप्न्न भएको बताइन्छ । बिबादमा मालसमान पक्राउ गर्न गएका टोलिलाइ तस्कर समुहले राम्धुलाइ समेत गरेको बताइन्छ । यस बिषयमा बिओपि अलौका प्रमुख सशस्त्र प्रहरी निरीक्षक इश्वर अधिकारी सङ्ग बुझदा उहाले कुनै किसिमको पैसा नलिएको बताउनु भयो तर पाच दिनदेखी चलिरहेको तस्करीको लाइनको बिषयमा न प्रस्टयाउदै फोन काटनु भयो ।

Leave A Reply

Your email address will not be published.