Ultimate magazine theme for WordPress.

मालपोत कार्यालय पर्सामा जिल्ला प्रशासन कार्यालयको छापा, नगद सहित १८ जना नियन्त्रणमा

422

पर्सा, २९ असोज / पर्साको मालपोत कार्यालयमा जिल्ला प्रशासन कार्यालयले अबेर राती छापा मारेको छ । जिल्ला मालपोत कार्यालय पर्सामा अबेर रातीसम्म पैसाको लेनदेन गरि काम कारवाही भइरहेको बिशेष सूचनाको अधारमा जिल्ला प्रशासन कार्यालय पर्साले छापा हानेको हो ।
जिल्ला प्रशासन कार्यालय पर्साबाट सहायक प्रमुख जिल्ला अधिकारीको कमान्डमा खटिएको टोलिले मालपोत कार्यालयमा छापा हानिएको जनाइएको छ । छापामा मालपोत कार्यालय पर्साको कर्मचारीको साथ साथै कार्यालय बाहिरका ८ जना रहेको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ । प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेलका अनुसार विभिन्न फाइल भित्र राखिएको रकम सहित १८ जनालाई नियन्त्रणमा लिएको बताए ।
रातिको ८ बजेर ३० मिनेटमा लागेको छापामा सेवाग्राही सहित १८ जनालाई नियन्त्रणमा लिनुको साथै करीब ११ हजार भन्दा बढी रकम बरामद भएको सहायक प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिनुभयो । तर मालपोत कार्यालय पर्साका प्रमुख सुमन झाले देश यस्तो परिस्थितिमा भएको कारण कर्मचारीको कमि भएकोले अबेर रातीसम्म मन्त्रालयमै खबर गरि सेवा दिदै आएको बताए ।

Leave A Reply

Your email address will not be published.