Ultimate magazine theme for WordPress.

महामारीको परिस्थितिमा पनि झुकेन पर्सा प्रहरी

1,718

उमेश दुबे
पर्सा, १६ भाद्र / मुलुक लगायत विश्व ब्यापी फैलिएको कोरोना भाइरस कहरको समयमा पर्सा प्रहरीले निरन्तर जनता सेवाको साथ साथै आफ्नो देशको सेवामा जुटेको छ । जिल्ला प्रहरी कार्यालय पर्सामा प्रहरी उपरीक्षक गङ्गा पन्तको आग्मन सङ्गै लथालिङ्ग रहेको पर्सा जिल्लालाई कसरी ब्यवस्थित बनाउने योजना लिएर अगाडी बढेकी थिइन ।
जिल्ला प्रमुखको रूपमा आउनसाथ आफ्नो बानी ब्यहोराले जिल्लावासीको मन जित्न सफल भएपनी अपराधी क्रियाकलाप न्यूनीकरण गर्नको निम्ति प्रहरी निरीक्षक रबिभुसन यादवलाइ जिम्मेवारी थपिन । पर्सा जिल्लामा बढ्दै गएको अपराधी क्रियाकलाप न्यूनीकरणको जिम्मा पाएका प्रहरी निरीक्षक रबिभुसन यादव आफ्नो मातहातमा टोलि परिचालन गरि जिल्लाको विभिन्न ठाउहरूमा लुकिछिपी बस्दै आएका अपराधीहरूलाइ धमाधम नियन्त्रणमा लिनसाथ केही अपराधी पलायन भइ भारतमा समेत लूकेर बस्न बाध्य भएका छन ।
प्रहरी निरीक्षक रबिभुसन यादवले अपराधी क्रियाकलापको साथ साथै नेपाल र भारतको सीमाबाट हुने गरेको अबैध कारोबारहरू समेत ठप्प पारे । विश्व ब्यापी फैलिएको कोरोना भाइरस र त्यसमा पनि नेपाल सरकारले लगाएको लक डाउनमा करीब ६ करोड ५० लाख बराबरको मालसमान पक्राउ गरि भन्सारमा समेत दाखिला गर्न प्रहरी निरीक्षक यादव सफल भएका छन । यस्तो महामारीमा समेत तस्कर संगठनहरूले विभिन्न हतकन्डा अपनाउदै तस्करी कार्य गर्ने सोचलाइ बिफल पार्दै धमाधम मालसमान पक्राउ गर्न थालेपछी तस्करहरूमा समेत हडकम्प मचेको थियो ।
पर्सा प्रहरीको इमान्दारीता माथी औला उठाउने केही गिरोह सक्रिय समेत भएको थियो, कारण थियो तस्करीको लाइन सुचारू गर्न । तर तस्करीकै रकममा सिमित भइ काम गर्ने गिरोहलाइ समेत वास्ता नगर्दै प्रहरी निरीक्षक यादव सीमा नाकादेखी ग्रामीण भेगमा समेत निगरानी बढाउदै गए । आफ्नो पेशा र संगठन प्रतीको इमान्दारिता हेराउदै प्रहरी निरीक्षक रबिभुसन यादव अपराधीदेखि तस्कर गिरोहलाइ समेत तह लगाएका छन ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक गङ्गा पन्तले दिएको निर्देशन अनुसार प्रहरी निरीक्षक रबिभुसन यादव आफ्नो मातहात खटेका प्रहरी अधिकारीलाई कडा निर्देशन दिएपनी केही प्रहरी आफ्नो कर्मले लचार समेत भएको हेरिएको थियो । उढरी कहियो ना सुधरी भन्ने भोजपुरी उख्खान जस्तै रहेका केही प्रहरी अधिकारीलाई कारवाही समेत गरेका थिए भने केही प्रहरी अधिकारीलाइ कारवाही समेत गरिने तयारीमा जुटेको एक जना प्रहरी श्रोतले जनाएका छन ।
प्रहरी उपरीक्षक गङ्गा पन्त र क्राइम टोलिका प्रमुख प्रहरी निरीक्षक रबिभुसन यादवलाइ कारवाही हाल्न विभिन्न संघ संगठन सकृय देखिएपनी हालसम्म केही फरक समेत परेको छैन, कारण हो आ-आफ्नो ठाउबाट गरिएको इमान्दारीता पूर्वकको काम कारवाही । नेपाल प्रहरी संगठनको नीति निर्देशन अनुसार काम कारवाही गर्दै आएकी प्रहरी उपरीक्षक गङ्गा पन्त आफ्नो पेशा प्रतीको इमान्दारिताले नै आफ्नो संगठन भित्र एउटा असल र इमान्दार प्रहरीको रूपमा मानिने गरेको पाइएको छ । प्रहरीको इमान्दारिताले गरेको काम कारवाहीका कारण पर्सा जिल्लामा अपराधी क्रियाकलापमा समेत कमि आएको छ ।

Leave A Reply

Your email address will not be published.