Ultimate magazine theme for WordPress.

मध्यक्षेत्रले गरेको सरुवा बिभागले बदर गरे पछी

56

रौतहट, चैत्र १८ : मध्य क्षेत्रीय स्वास्थ निर्देशनालय हेटौंडा ले कृते मुद्दाका अभियुक्त एकजना हेल्थ असिस्टेन्ट को गरेको सरुवा को सिफारिस स्वास्थ बिभाग ले बदर गरे पछि रौतहट स्थित स्वास्थ क्षेत्र मा खैला बैला मचेको छ ।

किर्त हस्ताक्षर र छाप प्रयोग गरि ३१ जनाको सरुवा गरेको काणडमा सम्लग्न हेल्थ असिस्टेन्ट बिजय कुमार यदवको सरुवा को सिफारिस स्वास्थ बिभाग ले बदर गरे पछी स्वस्थ नियमावली को खिल्ली उडाउने काम सुरु भएको छ  ।

यादव निलम्बित भएर पनि दादागिरि सैलिमा दर्बन्दी रहेको प्राथमिक स्वास्थ केन्द्र कटहरियामा गत आठ गते देखि बल पुर्वक हाजिरी गरिरहेका छन ।

गत कार्तिक महिनामा किर्ते छाप र हस्ताक्षर प्रयोग गरि ३१ जना स्वास्थकर्मिको सरुवा गरेको ख्लेपछी तत्कालीन प्रमुख रमेश बिक्रम शिङ्ले

अभियुक्त यादव लाई गत पुस १८ गते दुई महिनाको लागि निलम्बित गरेको थिओ ।

निलम्बित पछी हेअ यादव को रसुवा जिल्लामा सरुवा को लागि सिंह ले सिफारिस गरेको थिओ ।

कृते मुद्दा  प्रहरी बाट जिल्ला अदालत मकवानपुर मा गएपछि बिजय यादव ५० हजार रुपैया धरौटीमा हाजिर भएका थिए  ।

सो पछी अभियुक्त यादव राजनीतिक दवाब दिलाएर स्वास्थ बिभाग बाट सरुवा बदर गराउन सफल भए  ।

किर्ते मुद्दा हालसम्म टुंगो न लगेका ले दुइटा महिनाका लागि निलम्बित यादव को गत १३ गते पुनः दुई महीना को लागि निलम्बन म्याद थपिएको बर्तमन क्षेत्रीय निर्देशक बाशुदेव पान्देले जानकारी दिएका छन्् ।

उता निलम्बन फुकुवा भैसकेको भन्दै हेअ यादव केही आफन्त लाई लिएर प्राथमिक स्वास्थ केन्द्र कटहरियामा गैइ हाजिरी गरेको र सो पछि नियमित हाजिरी गर्दै आएको केन्द्र का अहेव प्रान चौधरी ले बताएका छन ।

उता निर्देशक पान्देले निलम्बित हेअ यादव सहित उनलाई हाजिर गराउने केन्द्र का प्रमुख डाक्टर मुरली मनोहर साह समेत उपर बिभागिए कारबाही हुने बताएका छन  ।

केन्द्र प्रमुख डाक्टर साह ले निलम्बन बारे लिखित कुनै कागजात न रहेको जिल्ला अस्पताल र समितिले तत्काल हाजिर गर्ने दिने भनेकाले गत आठ गते देखि सरुवा बदर भएको बिभाग को पत्र अनुसार बिजय यादव लाई हजिर गर्न दिएको प्रतिक्रिया दिएका छन  ।

Leave A Reply

Your email address will not be published.