Ultimate magazine theme for WordPress.

मधेस बेचुवालाई मत नदिने भन्दै स्वतन्त्रको पक्षमा उभिए मतदाता

202

पर्सा, २८ कात्तिक / मधेस आन्दोलनको नाममा निर्वाचित हुने मधेसी दलका उम्मेदवारलाई मत नदिने भन्दै स्वतन्त्रको पक्षमा मतदाताहरु उभिन थालेका छन । प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचन नजिक्दै जादा मधेस आन्दोलनका कारण निर्वाचित भएका उम्मेदवारहरु मधेस नै बेचेको आरोप लगाउदै स्वतन्त्रको पक्षमा उभिन थालेका हुन ।
मधेस आन्दोलनमा सबै भन्दा ठुलो योगदान रहेको पर्साको निर्वाचन क्षेत्र नम्बर १ का जनताले यसअघि मधेस आन्दोलनमा गोली चलाउन लगाउने केपि सरकारकै झोलीमा मधेसी पार्टी गएको आरोप लगाउदै यसपालिको निर्वाचनमा स्वतन्त्रको पक्षमा उभिने मतदाताहरु बताउछन । मतदाताहरुका अनुसार मधेसको मसिहा भन्न रुचाउने निर्वाचन क्षेत्र नम्बर १ का जसपा उम्मेदवार प्र्रदिप यादवले मधेस आन्दोलनकै नाममा सांसदमा पुग्न सफल भएको बताए । मन्त्री पद नपाउदा बन्द हडताल गरी मन्त्री पदसम्म पाएको उनले बताए । मधेस आन्दोलनमा मधेसी जनता माथि गोली चलाउन लगाउने केपि शर्मा ओलीकै झोलामा मधेसी पार्टी गएकोले यसपालि स्वतन्त्र उम्मेदवारलाई नै रोज्ने मतदाताहरु बताउछन ।
मधेस आन्दोलनको समयमा एक दुई वटा आप झरे केही फरक नपर्ने केपि शर्मा ओेलीले दिएको अभिव्यक्ति हालसम्म मधेसी जनता नबिर्सेको समेत मतदाताहरु बताउन थालेका छन । तर मधेस आन्दोलनबाट कुर्सीसम्म पुगेका मधेसी दलका नेता केपि शर्मा ओली भन्दापनि घातक रहेको मतदाताहरुले संज्ञा दिएका छन । केपि शर्मा ओलीको आदेशले मधेसीको छाति र टाउकोमा गोली चलाइएको थियो तर मधेसी दलका नेताका कारण हालको समयमा मधेसीको पिठ्युमा गोली चलाइएको संज्ञा दिदै यसपालिको निर्वाचनमा मतदाताहरु स्वतन्त्र उम्मेदवार रोजने दावी गरेका छन ।
एमाले जसपा गठबन्धनका कारण मधेसी जनताको शिर उठन नसकेको एक अर्का निर्वाचन क्षेत्र नम्बर १ का मतदाता बताउछन । बारा निर्वाचन क्षेत्र नम्बर ३ मा एमाले जसपाको गठबन्धन हुन नसकेको तर पर्सा निर्वाचन क्षेत्र नम्बर १ मा गठबन्धन हुनुको मुख्य कारण कुर्सीकै लागि भएको उनले प्रष्टयाए । एमाले जसपाको गठबन्धन नभएको भए पुनः दोश्रो पटक पनि हामि निर्वाचित गराउथ्यौ तर यसपालि ओलीको बोेलि बनेर निर्वाचनमा होमिएका प्रदिप यादवलाई मतदाताले कुनै सर्तमा स्विकार गरिन नसक्ने, उनले बताए ।
यता एक जना एमाले कार्यकर्ताका अनुसार एकातिर शुद्ध गठबन्धनको नारा लगाउने तर मत मांग्ने बेला अरु पार्टीको मत मांग्ने गरेको हुनाले ठगबन्धनलाई मत नदिन यसपालि मन्साय बनाइसकेको बताए । आफ्नो नाम गोप्य राख्ने सर्तमा उहाले साचिक्कै यो गठबन्धन होइन, ठगबन्धन हो भन्दै दुखेसो पोखे । एकातिर शुद्ध गठबन्धनको नारा लगाउने र एकातिर बागि उम्मेदवार खडा गरी एमाले उम्मेदवार बिरुद्ध उम्मेदवारी दिन लगाएकोले शुद्ध गठबन्धनको नाममा ठगबन्धन रहेको, उनले जिकिर गरे ।

Leave A Reply

Your email address will not be published.