Ultimate magazine theme for WordPress.

मधेसी युवा फोरम नेपालको जिल्ला अधिवेशन माघ १० गते, व्यानर बनाउने जिम्मा असलम आलमलाई

103

वीरगंज, माघ ७ : संघिय समाजवादी फोरम नेपालको भातृ संगठन मधेसी युवा फोरम नेपालको जिल्ला अधिवेशन यहि माघ १० गते हुने भएको छ ।

जिल्ला अधिवेशनलाई सफल बनाउनको लागि आज पार्टी कार्यालयमा भएको युवाहरुको भेलाले युवा संघका कोषाध्यक्ष असलम आलमलाई व्यानर निर्माणको जिम्मा दिइएको छ ।

युवा फोरम नेपालका अध्यक्ष शेख जलसुदिनको अध्यक्षतामा भएको भेलामा प्रमुख अतिथि पार्टीका जिल्ला अध्यक्ष प्रदिप यादवले युवा अधिवेशनलाई भव्य र सभ्य ढंगले सफल बनाउनु पर्नेमा जोड दिनु भएको थियो ।

भेलामा युवा संघका उपाध्यक्ष सरोज यादव, सचिव निरंजन कुमार पटेल, सहसचिव त्रिनेश गिरी, कोषाध्यक्ष असलम आलम, सदस्यहरु सदाम हुसेन मंसुरी, जहुर अंसारी, शिवशंकरगिरी, श्रवण कुमार पटेल, राजन पटेल, अशोक यादव, प्रमानन्द कुमार साह लगायतको उपस्थिति रहेको थियो ।

Leave A Reply

Your email address will not be published.