Ultimate magazine theme for WordPress.

मधेसी मोर्चाद्वारा संसद् बैठक आज पनि बहिष्कार

52

काठमाडौं, चैत्र १ : संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले व्यवस्थापिका–संसद्को बैठक बहिष्कार गरेको छ । मङ्गलवार सभामुख ओनसरी घर्तीले संसद्को बैठक प्रारम्भ भएको घोषणा गरेपछि मोर्चासँग आवद्ध राजनीतिक दलका सांसद्ले आ–आफ्नो स्थानबाट उठेर विरोध जनाएका थिए ।

त्यसले सभामुख घर्तीले मोर्चाका तर्फबाट सद्भावना पार्टीका सांसद लक्ष्मणलाल कर्णलाई बोल्न समय प्रदान गरेकी थिइन् । सांसद कर्णले मन्त्रिमण्डलमा नयाँ-नयाँ मन्त्रीको प्रवेश भए पनि सरकार देश र जनताको हितप्रति गम्भीर नभएको आरोप लगाए ।

‘देश जटिल अवस्थामा गुज्ज्रेको बेला सभामुखको महत्त्वपूर्ण भूमिका रहन्छ । अहिलेको सङ्क्रमणको हल निकाल्न सरकार र राजनीतिक दलबीच थप छलफल आरम्भ गराउन माग गर्दछौँ ।’ उनले भने, ‘सप्तरीमा मधेसी जनतामाथि भएको गोली प्रहारको घटनाले सरकार संवेदनशील नभएको देखाएको छ ।

मोर्चाले देशमा उत्पन्न समस्या समाधान गर्न प्रस्ताव गरेको संविधान संशोधनको मागलाई सरकार र प्रमुख दलबाट बेवास्ता गरिएको छ ।’

नेकपा एमालेबाट मधेसी समुदायको अपमानित गर्ने काम भएकोमा उनले आपत्ति जनाए । भैरहवामा पक्राउ परेका मोर्चाका कार्यकर्तालाई कुटेर यातना दिने काम भएको पनि उनले बताए ।

स्थानीय तहको पुनःसंरचना आयोगले मधेसीको प्रतिनिधित्व घटाउएको आरोप लगाउँदै संविधान संशोधनको मागलाई सम्बोधन नगरिएसम्म आयोगको प्रतिवेदन र निर्वाचनलाई मधेस र मधेसी जनताले स्वीकार नगर्ने बताए । मोर्चाको तर्फबाट आजको बैठक बहिष्कार गर्ने घोषणासँगसँगै सदनबाट बाहिरिए ।

Leave A Reply

Your email address will not be published.