Ultimate magazine theme for WordPress.

मधेशी मोर्चाको व्यापक विरोध पछि पर्सामा एमाले सांसदको कार्यक्रम स्थगित

47

विरगंज, फागुन २१ : जिल्लामा एमालेको कुनै कार्यक्रम नहुन दिने प्रदीप यादवको उदघोष |

 एमाले द्वारा मेची महाकाली अभियानको तैयारीका लागि पर्सा जिल्लाको मिलनचोकमा आज हुने भनिएको कार्यक्रम मधेशी मोर्चाको व्यापक विरोध पछि रोकिएको छ।

पर्सा जिल्लाको मिलनचोकमा आज एमाले सांसद बिचारी यादव संगै अन्य सांसद र नेताहरूको कार्यक्रम तय थियो। तर मधेशी मोर्चाका कार्यकर्ताहरूले बिहानै देखि मिलनचोक आफ्नो कब्जामा लिएका थिए।

बाटोमा टायर बालेर एमाले विरूद्ध चर्कोनाराबाजी गरे पछि एमालेका सांसदहरू कार्यक्रममा आएनन्।

मोर्चाका पर्सा जिल्लाका संयोजक प्रदीप यादवले एमालेको कुनै कार्यक्रम पर्सा जिल्लामा हुन नदिने स्पष्ट गरेका छन। उनले भने- मेची महाकाली अभियानसंग सम्बन्धित कुनै कार्यक्रम नहुने मोर्चाको रणनीति रहेको छ।

Leave A Reply

Your email address will not be published.