Ultimate magazine theme for WordPress.

भारतीय युवकको हत्या गरेका अभियुक्तलाई प्रहरीले गोली हानेर समात्यो

30

वीरगन्ज  पुस २५ : दुईजना भारतीय युवकको हत्या गरी फरार भएका एक अभियुक्तलाई प्रहरीले गोली प्रहार गरि पक्राउ गरेको छ।

पर्साको बिजबनिया गाविस वडा नम्बर ७ गढैया स्थित आफन्तको घरमा लुकेर बसेका बाराको महागढीमाइ नगरपालिका वडा नम्बर ८ सेमरा तेगछीयाका बृज किशोर गिरीलाई प्रहरीले आइतबार साँझ गोली प्रहार गरि घाइते बनाएर नियन्त्रणमा लिएको हो ।

प्रहरीले हानेको गोली गिरीको बायाँ खुट्टाको घुडामुनि लागेको छ। उनको नारायणी उपक्षेत्रीय अस्पताल वीरगन्जमा प्रहरीको विशेष निगरानीमा उपचार भइरहेको छ ।

Leave A Reply

Your email address will not be published.