Ultimate magazine theme for WordPress.

भारतीय नागरिकले नेपाली नागरिकता पाएको खुलासा, समबन्धीत निकाय कारवाहीको थालनी गर्दै

111

पर्सा, ९ माघ ÷ भारतीय नागरिकको नेपाल प्रवेशमा वृद्धि हुनुको साथै नेपालको स—भन्दा संवेदनशील मानिने नेपाली नागरिकता पाएको एक घटनाले उजागर गरेको छ । २०६३ सालमा एक जना भारतीय नागरिकले नेपाली नागरिकता लिन सफल भएको बिषयमा प्रदेश नम्बर २ को एक मात्र सेटलाइट च्यानल माई टेलिभिजनबाट भण्डाफोर शाखाले उजागर गरेको हो ।
२०४७ सालको संविधानमा भएका नागरिकता सम्बन्धी व्यवस्थालाई व्यापक परिवर्तन गरेर २०६३ सालको नेपालको अन्तरिम संविधान ल्याइएको थियो । मधेसमा रहेको लाखौ नागरिकता विहिनहरुलाई सम्बोधन गर्ने गरी जन्मको आधारमा नागरिकता वितरण गर्ने बिशेष व्यवस्था गरिएको थियो । तर त्यस अवसरको फाइदा उठाउदै भारतीय नागरिकले धमाधम नेपाली नागरिकता लिन थालेको घटना उजागर भएको छ ।
जिल्ला प्रशासन कार्यालय पर्सामा भारतीय नागरिक निरंजन कुमार अग्रवालको नागरिकताको छानबिन बिषयमा उजुर परेको थियो । बि.सं. २०७५ सालमा वीरगंज महानगरपालिका वडा नम्बर २५ निवासी नरेश ठाकुर लगायत तिन जनाले उजुर गरेका थिए । जिल्ला प्रशासन कार्यालय पर्साले उजुरको आधारमा छानबिन गर्दा निरंजन अग्रवालले बनाएको नागरिकतामा चाहिने कागजातहरु मध्ये कुनै कागजात फेला नपरेको प्रमुख जिल्ला अधिकारी आश्मान तमाङले बताउनु भयो । उहाले निरंजन कुमार अग्रवालले बनाएको नागरिकतामा चाहिने कुनै किसिमको कागजात नरहेको र यस बिषयमा छानबिन अगाडी बढाइएको बताउनु भयो । उहाले निरंजन अग्रवाल नागरिकता प्रकरण सम्बन्धी अनुसन्धान गरेका कागजातहरु जिल्ला अदालतमा पठाइएको बताउनु भयो ।
जिल्ला प्रशासन कार्यालय पर्सामा बि.सं २०७५ सालमा उजुर परेपनि हालसम्म कुनै किसिमको कारवाही हुन नसकेको प्रष्ट हुन्छ । भारतको राजस्थान स्थित रहेको सरदार सहर निवासी जगदिश प्रसाद अग्रवालको छोरा निरंजन कुमार अग्रवालले २०६३ सालमा फर्जी कागजको सहयोगमा नागरिकता लिन सफल भएपनि बि.सं. २०५१ सालमा नै सवारी साधन चालक अनुमति पत्र लिन सफल भएका थिए । बि.सं. २०५१ सालमा लिएको सवारी साधन चालक अनुमति पत्रमा बि.सं. २०६३ सालमा बनाइएको नागरिकताको नम्बर समेत उल्लेख रहेको कागजातबाट प्रष्ट हुन्छ ।
बि.सं. २०५१ सालमा बनाइएको सवारी चालक अनुमति पत्रमा बि.सं. २०६३ सालको नागरिकता नम्बर समेत उल्लेख हुदा नक्कली नागरिकता रहेको बारे प्रष्ट हुन्छ । यतिसम्म मात्र नभई निरंजन अग्रवालले बनाएका नागरिकता र सवारी अनुमति पत्रमा उल्लेख भएको जन्म मिति नै फरक रहेको छ । नागरिकतामा जन्म मिति २०३६ साल र सवारी अनुमति पत्रमा २०३२ साल रहेको अदालतमा बुझाइएको कागजातहरुबाट प्रष्ट हुन्छ । जन्मको आधारमा लिएको नागरिकता र सवारी साधनमा उल्लेख भएको जन्म मितिले नक्कली नागरिकता लिएको बिषयमा प्रष्ट हुन्छ । अहिलेपनि नेपाल सरकारको नीतिलाई अवहेलना गर्दै फर्जी कागजको सहयोगमा बनाइएको नागरिकता माथि निष्पक्ष छानबिन गरी कारवाही गरिने हो की होइन हेर्न बाकी नै रहेको छ ।

Leave A Reply

Your email address will not be published.