Ultimate magazine theme for WordPress.

भवानी अस्पताल कर्मचारीको चरम लापरबाहीले बिरामीको मृत्यु भएको पिडितको आरोप

160

पर्सा, १७ श्रावण / बिरगंजको बसपार्क नजिकै लिन्क रोडमा संचालनमा रहेको भवानी अस्पताल कर्मचारीको चरम लापरबाहीले बिरामीको मृत्यु भएको भन्दै अस्पतालमा तोडफोड भएको छ । मृतकका आफन्तले बिरामी जिउदै रहेको र जिउदै बिरामीलाई भवानी अस्पतालमा कार्यरत डाक्टरहरू मृत्यु भइसकेको प्रमानित गरेकोले अस्पताल भित्र तोडफोड गरिएको बताएका हुन ।
बिरगंज महानगरपालिका वडा नम्बर २० निवासी ३८ बर्सिय रमिता देविलाइ मुटुमा समस्या हुदा आजै बिहान ११ बजे तिर भवानी अस्पताल उपचारको लागि भर्ना गरिएको आफ्न्तजनले बताएका छन । अस्पताल ल्याएको केही बेरमै भवानी अस्पतालमा कार्यरत डाक्टरहरूले मृत्यु भइसकेको भन्दै शब समेत जिम्मा लगाएको उनले बताए । तर शबलाइ दाह सन्सकार गर्ने बेला नुहाउदै गरेको अवस्थामा जिउतै रहेको आफ्न्तजनले बताए । स्थानीयका अनुसार नुहाउने क्रममा मुख समेत चलेको कारण पुन: अस्पताल ल्याउदा अस्पतालका बाउन्सरहरूले हातपात समेत छोडन थालेपछी बाध्य भइ आफुहरू प्रतिकार गरेको बताए ।
अस्पताल कर्मचारीले हातपात सुरू गरेपछी आफुहरू समेत प्रतिकार गरेको स्थानीयले दाबी गरे । जसमा अस्पतालका शिसा फुटेको समेत जिकिर गरे । तर प्रहरीले एन मौकामा पुगि उल्टै पिडित माथी दुर्ब्यहार गर्नुको साथै लाठी समेत प्रहार गर्न थालेको स्थानीयले बताएका छन । प्रहरी र पिडित भनिएका बिच केही बेर झडप समेत भएको प्रत्यक्षदर्शीले बताएका छन ।
तर याता भवानी अस्पतालले मृत्यु भइसकेको शबलाइ ल्याएर बखेडा उतपन्न गर्न खोजेको दाबी गरेको छ । आज बिहान ११ बजे अस्पताल भर्ना हुदा मृत्यु भइसकेको दाबी गर्दै बिरामीको आफ्न्तले अस्पताल पुगि होहल्ला गरेपछी मृतकका आफ्न्तलाई प्रहरीले पक्राउ गरेको बताएका छन ।

Leave A Reply

Your email address will not be published.