Ultimate magazine theme for WordPress.

बैशाख पहिलो साता देखि नै सशक्त आन्दोलन – प्रदीप यादव

69

वीरगन्ज, १९ चैत ः संघीय समाजबादी फोरम नेपालका केन्द्रिय उपाध्यक्ष एंव सांसद लालबाबु राउत गद्धीले मधेसी दलहरुलाइ फेरि झुक्याउने नियतले सरत्तारुढ दलले सहमतिको नाममा पाच बुदे प्रस्ताव ल्याएको बताउनु भयो ।

वीरगन्जको घडीअर्वामा आज फोरम नेपालले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा बोल्दै उपाध्यक्ष गद्धीले यसअघि थुप्रै पटक सहमति भएपनि कार्यान्वयन नभएकाले अहिले सत्तारुढ दलले ल्याएको प्रस्ताव पनि मोर्चालाइ अल्मल्याउनका लागि मात्र भएको जिकिर गर्नु भयो ।

कार्यक्रमलाइ सम्बोधन गर्दै फोरम नेपाल पर्साका अध्यक्ष प्रदीप यादवले संविधान संशोधन बिना मधेसमा चुनाव सम्भव नै  नरहेको दाबी गर्नु भयो । उहाले सरकारले सेना र प्रहरीको बलमा जबरजस्ति चुनाव गर्न खोजे स्थिती झन भयावह हुने चेतावनी दिनु भयो । चैत मसान्त सम्म मोर्चाको माग सम्बोधन नगरिए बैशाख पहिलो साता देखि नै सशक्त आन्दोलन शुरु गरिने उहाले बताउनु भयो ।

कार्यक्रमलाइ फोरम नेपालकी केन्द्रिय सदस्य करिमा बेगम , नेता विजय सरावगी लगायतकाले पनि सम्बोधन गरेका थिए ।

कार्यक्रममा अधिवक्ता सतोष श्रीवास्तव, प्यापसन पर्साका पुर्बसचिव शिव गुप्ता, कलवार समाजका कोषाध्यक्ष पुनम गुप्ता , व्यापारी पवन भगेडिया,क्याल ग्रुपका निर्देशक सुरेश क्याल , खुद्रा बयवसायिक संघ बीरगजका पुर्ब अध्यक्ष पवन कुमार सिस्का गरि दुइ सय ५० जाना फोरम नेपालमा प्रबेश गरेको संघीय समाजवादी युवा फोरमका केन्द्रिय  सदस्य सुशील साह कानुले जानकारी दिनु भयो ।

Leave A Reply

Your email address will not be published.