Ultimate magazine theme for WordPress.

बेवारिसे अवस्थामा १४ किलो चा“दी बरामद

105

पर्सा, १६ कार्तिक ÷ वीरगंज महानगरपालिका भित्र पर्ने गण्डक प्रहरीले चा“दी बरामद गरेको छ । वीरगंजबाट पथलैयातर्फ जादै गरेको बसबाट पर्सा प्रहरीले १४ किलो ६ सय ७५ ग्राम चा“दी बरामद गरेको हो ।
वीरगंजको गण्डक चौकमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले चेकजाच गर्ने क्रममा पथलैयातर्फ जादै गरेको बसबाट चा“दी बरामद गरेको पर्सा प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय पर्साले बिज्ञप्ति जारी गर्दै वीरगंजबाट पथलैयातर्फ जादै गरेको ना २ ख ३९७९ नम्बरको बसमा चेकजाच गर्दा चा“दी बरामद भएको बताइएको छ । बस भित्रको पैसेजमा खरानी रंगको झोलामा राखिएको उक्त चा“दीलाई कसैले हकदाबी नगरेको आधारमा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.