Ultimate magazine theme for WordPress.

बीरगजमा मधेशी मोर्चाद्वारा बिशाल खबरदारी जुलुस

60

बिरगंज सिटि, पौष १८ : सयुक्त लोकतान्त्रिक मधेशी मोर्चा पर्सा द्दारा बिरगंजमा बिशाल खबरदारी जुलुस प्रदर्शन गरिएको छ ।
संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले पुर्व निर्धारण गरेको बिरोध कार्यक्रम अन्तर्गत आज देशभरी बिरोध प्रदर्शन गरिएको मोर्चाका पर्सा जिल्ला संयोजक एवं संघिय समाजबादी फोरम नेपाल पर्साका अध्य्क्ष प्रदिप यादवले बिरगंज सिटीलाई बताए |
संविधान संशोधन नगरी सरकार स्थानीय निर्वाचनको तयारी जुटेपछि आज दिउँसो १ बजे देशभरका जिल्ला सदरमुकाममा आदिवासी जनजाति, मधेसी, महिला, मुस्लिम लगायतले खबरदारी स्वरुप विरोध प्रदर्शन गरिएको छ |
अध्य्क्ष यादवको नेतृत्वमा घन्टाघरबाट निस्केको बिशाल रूपमा खबरदारी जुलुस आदर्शनगर ,घडिअर्वा,माईस्थान हुदै पुनः घन्टाघर पुगी कोणसभामा परन्त भएको थियो |
कोणसभालाई  सम्बोधन गर्दै सघिय समाजबादी फोरम नेपाल पर्साका अध्यक्ष प्रदिप यादबले बोल्दै संविधान संशोधन पारित नभएसम्म कुनै पनि तह वा निकायको चुनाव हुन नदिने चेतावनी दिए |

Leave A Reply

Your email address will not be published.