Ultimate magazine theme for WordPress.

बिरगंज भन्सार राजस्व गस्ती टोलिले सीमा नाकामा कडाइ गर्नसाथ तस्करहरूमा हडकम्प

275

उमेश दुबे

पर्सा,६ जेष्ठ / बिरगंज भन्सार कार्यालयबाट खटिने राजस्व गस्ती टोलिले सीमामा कडाइ गर्नसाथ अबैध तरिकाले भित्रिने गरेको मालसमान धमाधम पक्राउ गरिन थालेको छ । राजस्व गस्ती टोलिले प्रतेक दिन जस्तै आजपनी करीब २ लाख बराबरको मालसमान पक्राउ गरेको हो ।
भारतबाट अबैध तरिकाले नेपाल भित्रयाउदै गरेको कपडा विशेष सूचनाको आधारमा भकुवाबाट पक्राउ गर्न सफल भएको हो । भारतबाट अबैध तरिकाले भित्रिरहेको कपडा र मरिच पक्राउ गरिएको जनाइएको छ । नेपालबाट भारततर्फ लगिरहेको मरिच र भारतबाट अबैध तरिकाले भित्रिरहेको कपडा विशेष सूचनाको आधारमा पक्राउ गर्न सफल भएको सशस्त्र प्रहरी नायब उपरीक्षक तिलक खडकाले जानकारी दिनुभयो । आज बिहान सूचना आउनसाथ बिरगंज भन्सार राजस्व गस्ती टोलिका प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक तिलक खडकाको कमान्डमा खटिएको टोलिले करीब २ लाख २४ हजार बराबरको मरिच र कपडा पक्राउ गर्न सफल भएको सशस्त्र प्रहरी राजस्व गस्ती टोलिले जनाएको छ । आज बिहान पक्राउ गरिएको कपडा र मरिच आवाश्यक कारवाहिको लागि बिरगंज भन्सारमा बुझाइएको डिएसपी खडकाले जानकारी दिनुभयो ।

Leave A Reply

Your email address will not be published.