Ultimate magazine theme for WordPress.

बिरगंज भन्सार राजस्व गस्ती टोलिद्वारा ३ लाख बराबरको कपडा बरामद

191

उमेश दुबे
पर्सा, २७ भाद्र / पर्सा जिल्लाको विभिन्न ठाउबाट करीब ३ लाख बराबरको कपडा सशस्त्र प्रहरी बलले बरामद गरेको छ । बिरगंज भन्सार राजस्व गस्ती टोलिले पर्सा जिल्लाको विभिन्न ठाउहरूबाट अबैध तरिकाले भित्रिरहेको कपडा सहित भारतिय नम्बरको मोटरसाइकल बरामद गरेको हो ।
बिरगंज महानगरपालिका वडा नम्बर १६ भकुवा र अलौ नाका हुँदै अबैध तरिकाले नेपाल भित्रयाइरहेको कपडा बरामद गरेको बिरगंज भन्सार राजस्व गस्ती टोलिले जनाएको छ । राजस्व गस्ती टोलिले जनाए अनुसार भारतबाट खरिद गरि अबैध तरिकाले नेपाल भित्रयाइरहेको करीब ३ लाख ५ हजारको कपडा बरामद गर्नुको साथै भारतिय नम्बरको मोटरसाइकल बरामद गरिएको जनाएको छ । बि आर ०५ एन ६०६१ नम्बरको मोटरसाइकल समेत बरामद गरिएको सशस्त्र प्रहरी बलले जनाएको छ । बरामद गरिएको कपडा र मोटरसाइकल अवाश्यक कारवाहीको लागि बिरगंज भन्सार कार्यालयमा बुझाइएको बिरगंज भन्सार राजस्व गस्ती टोलिले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.