Ultimate magazine theme for WordPress.

बिरगंजमा चोरी क्रम बढेपनी प्रहरी/प्रशासन मौन, मेयर सरावगी निवास अगाडी नै भयो दिनदहाडै चोरी

100

उमेश दुबे
पर्सा, ९ चैत्र / बिरगंज महानगरपालिका भित्र चोरीको क्रम बढेपनी प्रहरी/प्रशासन मौन रहेका छन । नेपालकै आर्थिक राजधानी तथा नेपाल र भारतको प्रमुख प्रवेस द्वारको रूपमा मानिएको बिरगंज महानगरपालिका भित्र चोरीको क्रम बढ्दै गएपनी प्रहरी/प्रशासन मौन रहेका हुन ।
बिरगंज महानगरपालिका वडा नम्बर १४ पिपरा नया बस्तीमा चोर समुहले दिनदहाडै चोरी गरेपनी प्रहरी/प्रशासन मौन हुनु बिडम्बनाको बिषय बनेको छ । एक जना स्थानियका अनुसार बिरगंज महानगरपालिकाका मेयर बिजय सरावगी निवास अगाडीको घरमै दिनदहाडै चोरी हुदा बिरगंज नगरवासी कसरी सुरक्षाको घेरामा रहेको बारे बुझ्न सकिने तर्क दिनुभयो । जब बिरगंज महानगरपालिकाको मेयर सरावगीकै घर अगाडी यस्तो दिनदहाडै चोरी हुनथालेपछी आम बिरगंजवासी कसरी सुरछित रहेको बारे छर्लङ्ग रहेको दुखेसो पोखनु भयो ।
सरावगी निवास अगाडी राजु झाको घरबाट दिनदहाडै करीब २५ लाख बराबरको चोरी भएको बताइएको छ । चोर समुहले गरगहना, नगद सहित करीब २५ लाख बराबरको समान चोरी गरेको झाले बताउनु भयो । वडा प्रहरी कार्यालय श्रीपुरमा प्रहरी निरीक्षक चक्र मल्ल आउनसाथ श्रीपुरको छेत्रमा चोरीको क्रम बढेको छ । मल्ल आफ्नो ड्युटी टोलिलाइ छुट दिनसाथ मनोमानी तरिकाले गस्ती गर्ने गरेको कारण चोरी क्रम बढेको पाइएको छ ।
वडा प्रहरी कार्यलाय श्रीपुर मातहात रहेका स्थानहरूमा चोरी क्रम बढ्नसाथ स्थानियहरूमा त्रास फैलिएको छ । तसर्थ माथिल्लो निकायले यस्ता कृयाकलाप गर्ने माथी कडा निगरानी बढाउने आश गरेका छन ।

Leave A Reply

Your email address will not be published.