Ultimate magazine theme for WordPress.

बिना कारण तछार मछार गर्दै पत्रकारलाइ पर्सा प्रहरीले पक्राउ गरिएको बिरोधमा ओर्ले पर्सेली पत्रकार

695

उमेश दुबे
पर्सा, २८ बैशाख / जिल्ला प्रहरी कार्यालय पर्साले नियम कानूनको धज्जी उडाउदै बिना कारण एक जना पर्सेली पत्रकारलाइ नियन्त्रणमा लिएको छ । बिरगंज स्थित रहेको नरायणि एफ एम अगाडी पार्किङ्गमा राखिएको पत्रकारको गाडी प्रहरीले नियन्त्रणमा लिन खोजेपछी कारण खोजी गरे पश्चात् पत्रकार यादवलाइ नियन्त्रणमा लिइएको हो ।
वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी निरीक्षक निर्मल पनेरू र ट्राफिक प्रहरी कार्यालय बिरगंजका प्रहरी निरीक्षक कमलराज पडितले आफ्नो दबङ्गै पारा हेराउदै पत्रकार तिवारी यादवलाइ नियन्त्रणमा लिएको छ । पार्किङ्गमा राखिएको ना १६ प ९७०३ नम्बरको मोटरसाइकललाई हटाउने द्वय प्रहरी निरीक्षकले पत्रकार यादवलाइ निर्देशन दिएको थियो तर पार्किङ्ग मै राखिएको मोटरसाइकल कसरी हटाउन मिल्ने भनेपछी जबर्जस्ति पाराले प्रहरी निरीक्षक पनेरू अपशब्द प्रयोग गर्दै नियन्त्रणमा लिएको पत्रकार तिवारी यादवले जनाएका हुन ।
आफ्नो फुली र पावरको धाक धम्की हेराउदै पत्रकारलाइ नियन्त्रणमा लिएको खबर आउन साथ जिल्ला प्रहरी कार्यालय पर्सामा पर्सेली पत्रकार समुह पुगेका थिए । जिल्लाको अनुगमनमा आएका डिआइजी धिरज प्रताप सिंहलाइ पर्सा जिल्लाको गतिबिधी लगायत पर्सा प्रहरीको दादागिरीको बिषयमा समेत पर्सेली पत्रकारहरूले जनाएकारी गराएका थिए । तर डिआइजी सिंह पत्रकारहरूको बिषयमा केही बोल्न नमानेर हिडेका थिए ।
यता प्रहरी नियन्त्रणमा रहेका पत्रकार तिवारी यादवलाइ थुना मुक्त गराउन पुगेका पत्रकारहरूको समूह माथी जिल्ला प्रहरी कार्यालय पर्साका डिएसपी बिरेन्द्र बहादुर शाहीले समेत दुर्ववहार गरेको बुझिएको छ । पर्सेली पत्रकारले गर्दा प्रहरीको अबैध असुलिमा समेत असर परेको हुनाले बहुलाएका डिएसपी शाही पत्रकारको नाम समेत सुन्न चाहेन्न । तर नेपाल पत्रकार महासंघ पर्सा शाखाका अध्यक्ष श्याम बन्जराको नेतृत्वमा गएका पर्सेली पत्रकार समुहले आफ्नो जिम्मामा बुझी पत्रकार तिवारी यादवलाइ थुना मुक्त गराउन सफल भएका थिए ।
अबैध असुलिमा समेत नाम कमाइ सकेका बदनाम प्रहरीहरूको इशारामा प्रहरी प्रमुख गङ्गा पन्त हिडन थालेपछी जिल्ला प्रहरी कार्यालय पर्सा लगायत नेपाल प्रहरी संगठन माथी नै प्रश्न खडा हुन थालिएको छ । इमान्दारिताको खोल ओढि भ्रस्टाचारको सीमा पार गरेका प्रहरी निरीक्षक निर्मल पनेरूहरू जस्ता प्रहरी अधिकृतहरूको मुखमा लगाम लगाउन जरूरी देखिन्छ ।

Leave A Reply

Your email address will not be published.