Ultimate magazine theme for WordPress.

बिधालय रङ्ग रोगनको नाममा प्रधानाध्यापक यादवले गरे ४० हजार गायब

147

बिमलेश कुमार झा
रौतहट २८ मंसिर / रौतहटको मौलापुर नगरपालिका वाड नं ६ स्थित रहेको श्री माध्यमिक विद्यालय पथरा वुधराममा प्रद्यानध्यापक रामएकवाल यादवले ४० हजारको घोटाला गरेका छन् । बिधालय रङ्ग रोगनको नाममा प्रधानाध्यापक यादवले घोटाला गरेका हुन ।
२०७६/१२/११ मा रुपेश कुमार यादवसँग यस विद्यालयको रंग रोगनको लागि १ लाख २३ हजारमा समझौता भएको थियो । १ लाख २३ हजार मा समझौता भएपनि विद्यालयको खाता बाट १ लाख ६३ हजार रुपेश कुमार यादवको नाममा उठाइएको प्रमाण फेला परेको छ । यो प्रमाण बारे ठेकदार रुपेश कुमार यादव
सँग सोध पुछ गर्दा १ लाख २३ हजार मात्र पाएको ठेकदार यादवले बताउनु भयो । य‍ो सबै रकम बारे ठेकदार रुपेश यादवले प्रधानाध्यापक रामएकवाल यादवसँग सोधदा कुनै जवाफ नदिएको ठेकदार यादवले जनकारी गराउनु भयो।
त्यस्तै यस विद्यालयको लेखापाल भगत साहले विद्यार्थी अनुसारको रसिद काटिएको प्रमाण फेला परेको छ। नितु कुमारी को रसिदमा १ हजार र नितेश कुमार को रसिदमा ८ सय मात्र रसिद काटिएको प्रमाण फेला परेको छ।
श्री माध्यमिक विद्यालय पथरा वुधराममा सरकारी अनुदान र यस विद्यालय अन्तरगत रहेका माहकार पोखराबाट वार्षिक आमदानि लाखौ लाख रहेतापनि यस विद्यालयको शैक्षिक क्षेत्रलाई कमाइ खाने भाडो बनाएको देखिन्छ । विद्यालयको शौचालय, कमप्यूटर ल्याबको अवस्था निकै खराब स्थितमा रहेको छ तरपनी सम्बन्धित निकायको यसतर्फ ध्यान नजानु बिडम्बनाको बिषय बनेको छ ।
शैक्षिक क्षेत्रलाइ कमाइ खाने थल्लो बनाएका शिक्षक माफियालाइ समयमै लगाम लगाउन अवाश्यक छ र यस्ता किसिमको ब्रम्हलूट मचाउने शिक्षक माथी समबन्धित निकायको ध्यान जान अति अवाश्यक देखिन्छ ।

Leave A Reply

Your email address will not be published.