Ultimate magazine theme for WordPress.

बिकास हुन्न नसकेको भरवलियामा सडक ढलानको कार्य सुरू

167

उमेश दुबे
बारा, ७ असार / बाराको फेटा गाउपालिका वडा नम्बर १ भरवलियाको मूख्य सडकको ढलान कार्य द्रुत गतिमा शुरू भएको छ । सडक ढलान कार्यको उदघाटन गर्दै द्रुत गतिमा कार्य अगाडी बढाइएको हो ।
चैत्र १७ आएको बिनास्कारी हावाहुरीले बिकासको कार्य पछाडी रहेको भरवलियाको बिकासको कार्य अगाडी सारिएको फेटा गाउपालिकाका अध्यक्ष अमिरीलाल प्रसादले जानकारी दिनुभयो । उहाले नेपालमै पहिलो पटक आएको यस्तो बिनाश्कारी हावाहुरीले गर्दा बिकासको कार्य अगाडी बढन नसकेको स्विकार्दै हालको दिनमा सडक ढलानको कार्य द्रुत गतिमा अघि सारिएको बताउनु भयो ।
यस अनलाइन सङ कुरा गर्दै गाउपालिकाका अध्यक्ष अमिरीलाल प्रसादले आउने केही दिनमै भरवलिया निवासी लगायत सबैले ढलान भएको सडक प्रयोग गर्न सकिने आश्वासन समेत दिनुभयो । उहाले फेटा गाउपालिकालाई जिल्लाकै नमूना गाउपालिकाको रूपमा परिणत गर्ने लक्षयका साथ अगाडी बढिएको बताउनु भयो ।

Leave A Reply

Your email address will not be published.