Ultimate magazine theme for WordPress.

बारा प्रहरीद्वारा करीब ५ लाख बराबरको अबैध मालसमान बरामद

141

उमेश दुबे
बारा, १७ असार / भारतबाट अबैध तरिकाले नेपाल भित्रयाउदै गरेको कपडा, भाडाकुडा लगायतका समाग्रीहरू बारा प्रहरीले बरामद गरेको छ । विभिन्न नाका प्रयोग गर्दै अबैध तरिकाले नेपाल भित्रयाउदै गर्दा जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको टोलिले बरामद गरेको हो ।
भारतबाट अबैध तरिकाले नेपाल भित्रयाउदै गर्दा विशेष सुचनाको आधारमा करीब ५ लाख ९ हजार १ सय ६६ रूपैयाको कपडा, भाडाकुडा, खादान्य समाग्री लगायत पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । विभिन्न मितिमा पक्राउ गरिएको समाग्री अवाश्यक कारवाहीको लागि बिरगंज भन्सार कार्यालयमा बुझाइएको बारा प्रहरीले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.