Ultimate magazine theme for WordPress.

बारा जिल्लाबाट तस्करी गराउन सक्रिय रहेका दलाल पत्रकारको पर्दाफास

226

उमेश दुबे
बारा, ९ चैत / बारा र पर्सा जिल्लाबाट छोकडाको तस्करी गराउनमा ख्याती प्राप्त नामूद तस्कर तिवारी भनिनेको सालो प्रहरीको चापलुसी गर्दै तस्करी गराउन सफल भएका पत्रकारको लाइन प्रहरीले नदिदा प्रहरीलाई बदनाम गर्दै हिडेको समाचार प्राप्त भएको छ । प्राप्त समाचार अनुसार भ्रष्ट पत्रकारको नाममा रहेको खुलासा भएकै कारण कार्यरत संस्थाबाट निकालिएका थिए ।
एनि हाउ पैसा कमाउ भन्ने उख्खानमा लागेका भ्रष्ट पत्रकार तिवारीले आफ्नो तस्करी लाइन प्रहरीले नदिएकै कारण प्रहरी बिरूध समाचार सम्प्रेषण गरिएको श्रोतको दाबी रहेको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीको सहयोगमा तस्करी भइरहेको समाचार लेखी लाइन खुलाउन दबाब दिएको प्रहरी श्रोतको भनाइ रहेको छ । तिवारी बिगतको दिनमा बाराकै कवहीगोठ हुँदै तस्करी कार्य जारी राखेको र हाल जिल्ला प्रहरी कार्यालय बारामा प्रहरी उपरीक्षक कृष्ण प्रसाद पङ्गेनी आउनसाथ तस्करी लाइनमा कडाइ गरेकोले दलाल प्रविर्तीका रहेकाहरूको तह लागेको समाचारबाट नै प्रष्ट भएको हो ।
भारतीय प्रहरी र नेपाल प्रहरी सीमा नाकामा कडाइ गरेको कारण पनि स्थानीयहरूलाइ अवगत भएकै हो । कोरोना भाइरसलाई लिएर सीमा बन्द भएपनी हालको समयमा तस्करी लाइन सूचारू हुनु आफैमा गलत समाचार भएको प्रमानित गर्दछ । पर्सा जिल्लाको अलौ, अमरपटी, सबैठवा लगायतको ठाउहरूबाट तस्करी गरि नामूद नाम कमाएका तिवारीको सालो आफुलाइ पत्रकार भन्दै ठगी धन्दा सुचारू गरेका छन । यस्ता ठगहरू माथी नेपाल पत्रकार महा संघ लगायत जिल्ला प्रहरी कार्यालय बाराको ध्यान जान अति अवाश्यक देखिन्छ । कोरोना भाइरस भन्दा पनि ठूलो भाइरसको रूपमा रहेका यस्ता भाइरसलाइ तह लगाउन जरुरी देखिन्छ ।

Leave A Reply

Your email address will not be published.