Ultimate magazine theme for WordPress.

बारा का सिडियो राजनितीक संरक्षणको घेरामा गुणस्तरहिन भनेर गाडेको रहरको दाल स्थानीयहरुले खानको लागि लगे

564

बिरेन्द्र साह
बारा / बारा का प्रमुख जिल्ला अधिकारी रुद्र प्रसाद पण्डित राजनितीक संरक्षणको आशंका वा घेरामा परेको बुझिएको छ । गुणस्तरहिन भनेर प्रशासनले गाडेको ८ सय ३० बोरा रहरको दाल स्थानीयहरुले खानको लागि लगेका छन् ।गत बिहिबार बेलुका कोल्ड स्टोरेजमा सिलबन्दी गरिएको अखाद्य रहरको दाल जिल्ला प्रशासन कार्यालय बाराको प्रतिनिधि, स्थानीय जनप्रतिनिधि, भद्र-भलादमी, पत्रकारहरू समेतको रोहरवरमा कलैया उपमहानगरपालिका वडान .१४ बघवन टोल स्थित पसाह खोलाको पश्चिम किनारमा जलाई पुनः माटोले पुरी नष्ट गरिएको थियो । तर त्यस्को एक दिन मै त्यहाका स्थानीयहरुले साईकल, मोटरसाइकल तथा अटो समेत भाडा गरि निकालेर लगेका कलैया उपमहानगरपालिका १४ बघवन निवासी मनोज जयसवालले बताए । “अब प्रश्न प्रमुख जिल्ला अधिकारी के त्यो दाल खान उपयुक्त नभएकोले त्याहा का जनता किन सडेको दाल प्रहरीले गाडे पछि लिएर जान्थे होला? यादव आइस एण्ड कोल्ड स्टोरमा राखिएको रहरको दाल जिल्ला प्रशासन कार्यालय बारा समेतको रोहवरमा उक्त ८ सय ३० बोरा दालमध्येबाट परीक्षण पश्चात उक्त रहरको दाल खान नमिल्ने अखाद्य भएको भनी प्रमाणित भएको थियो। तर के त्यो ८ सय ३० बोरा नै खान नमिल्ने प्रमाणित भएको होर ? त्यस बाट सबै बोरा म रहेको दाल गुणस्तरहिन हो की केही खान योग्य पनि थियो यसमा अब प्रश्न उठेको छ ।यदि प्रमाणित नै भएको हो अखाद्य छ भने फेरि किन जनता ले दाल लगेका हुन । यसमा अहिले सम्म पनि प्रमुख जिल्ला अधिकारी रुद्र प्रसाद पण्डित नबोल्नुको कारण वाहा राजनीतिक संरक्षणको घेरामा त रहेका छैनन् । प्रजिअ पण्डित आशंका को घेरामा अहिले रहेका छन् ।

Leave A Reply

Your email address will not be published.