Ultimate magazine theme for WordPress.

बारामा सशस्त्र प्रहरी र तस्कर समूह बिच भिडन्त, नेपाल प्रहरी मुखदर्शक बने

490

बारा, ३ असोज / बाराको बलिरामपुर नाका हुँदै नेपाल भित्रयाउदै गरेको कपडा सशस्त्र प्रहरीले नियन्त्रणमा लिन खोज्दा सशस्त्र प्रहरी र तस्कर समूह बिच भिडन्त भएको छ । आज साझ करीब ७ बजेको समयमा भारतबाट अवैध तरिकाले नेपाल भित्रयाउदै गरेको अवस्थामा सशस्त्र प्रहरी र तस्कर समूह बिच भिडन्त भएको हो ।
स्थानिय दिपक भनिने कपडा तस्करका समुहले ५ पोका कपडा सशस्त्र प्रहरीले पक्राउ गरेको थियो । तर स्थानीय र केही तस्कर समुहले पक्राउ गरेका सशस्त्र प्रहरी समूह माथी एक्कासी आक्रमण गरि पक्राउ गरिएको कपडा समेत लूटेर भारततर्फ फरार भएको प्रत्यक्षदर्शीले बताएका छन ।
प्रत्यक्षदर्शीका अनुसार सशस्त्र प्रहरीले ५ पोका कपडा पक्राउ गरे पश्चात् तस्कर समुहले केही स्थानीयको सहयोगमा सशस्त्र प्रहरी माथी आक्रमण गरे तर नजिकै रहेको प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक नरेन्द्र पौडेलले घटना स्थलमा पुगेन्न । विगतदेखी नेपाल प्रहरीको सेटिङ्गमा अवैध तरिकाले नेपाल भित्रिदै गरेको कपडा सशस्त्र प्रहरीले पक्राउ गर्नसाथ आफ्नो घुसखोरी सम्बन्धी पोल खुल्ने डरले स्थानीय प्रहरीले सशस्त्र प्रहरीको सहयोग नगरेको स्थानीयले बताएका छन ।
बिगत केही दिनदेखी कपडा तस्कर समूह सङ्ग मासिकको रूपमा प्रहरी सहायक निरीक्षकले १ लाख ५० हजार बुझेको तस्कर श्रोतले बताएका छन । प्रहरी सहायक निरीक्षक नरेन्द्र पौडेलको बिषयमा माथिल्लो निकायलाइ समेत जानकारी हुदा हुँदै केही कारवाही समेत नभएको उनले ठोकुवा गरे । यस्ता घुस प्रविर्तीको प्रहरीहरूको बारामा सन्ख्या बढदा पनि माथिल्लो निकायको मौनताले नेपाल प्रहरी संगठनको इमान्दारिता माथी नै प्रश्न चिन्ह खडा भएको छ ।
यता सशस्त्र प्रहरी माथी आक्रमण गर्ने तस्कर गिरोहका नाइके दिपक भनिने फरार भइ भारततर्फ भागेको बताइन्छ । यस बिषयमा जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक कृष्ण पङ्गेनी, प्रहरी नायब उपरीक्षक गौतम मिश्र, क्राइम टोलिका प्रमुख प्रहरी निरीक्षक रूद्र कडेलको नम्बरमा सम्पर्क गर्न खोज्दा कसैको नम्बर उठेन । यस बिषयमा थप विवरण आउन बाकी रहेको छ ।

Leave A Reply

Your email address will not be published.