Ultimate magazine theme for WordPress.

बारामा सशस्त्र प्रहरी तर्फबाट डिएसपी बस्नेत कमाण्ड सम्भालनसाथ सीमा नाकाबाट तस्करी सुरू

271

उमेश दुबे
बारा, ६ जेष्ठ / बाराको सीमाबाट केही दिनदेखी तस्करी कार्य बन्द रहेपनी हालको समयमा नेपाल र भारतको सीमाबाट तस्करी कार्य फस्टाएको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीकै सहयोगमा सीमा नाकाबाट तस्करी कार्य फस्टाएको हो ।
बाराको सीमा नाकाबाट बिगत केही महिनादेखी तस्करी कार्य बन्द रहेपनी सशस्त्र प्रहरी बल, १२ नम्बर गणका डिएसपी सन्तोष बस्नेत कमान्ड सम्भाल्नसाथ बाराको अधिकान्स ठाउहरूबाट तस्करी कार्य पुन: सुचारू भएको छ । नेपाल र भारतको सीमा नाकाको सुरक्षाको निम्ति सशस्त्र प्रहरी बल खटेपनी सीमाबाटै तस्करीको लाइन सुचारू हुनु सशस्त्र प्रहरीकै सहभागिता रहेको बारे प्रष्ट हुन्छ । सीमा नाकाबाट अबैध तरिकाले भित्रिने गरेको तस्करीको समान प्रहरीकै सहयोगमा नेपालको बिभिन्न ठाउहरूमा पुग्ने गरिएको छ ।
बाराको पचरौता पिपरपाती नाकामा पनि सशस्त्र प्रहरी बल सीमाको सुरक्षाको निम्ति खटेका छन । सुरक्षाको निम्ति खटिएका सशस्त्र प्रहरी बल आर्थिकमा बिक्री हुन थालेपछी सीमाको सुरक्षा कसरी भइरहेको होला भन्ने बिषय चिन्ताको बिषय बनेको छ । सशस्त्र प्रहरी बल नेपाल १२ नम्बर गणका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक प्रकाश थापा तालिममा जानसाथ कमान्ड सम्भालेका डिएसपी सन्तोष बस्नेत सीमालाइ कमाइ खाने भाडो बनाएका छन ।
बाराको पिपरपाती नाकाको सुरक्षा निम्ति खटिएका बोर्डर आउट पोस्ट पिपरपातीका प्रमुख लगायत सशस्त्र प्रहरी निरीक्षक ईश्वर कोइराला केही पैसाको लोभमा परि कपडा, धान, गिट्टी र चौपायाको लाइन दिएको उहाकै प्रहरी श्रोतले जनाएको छ । श्रोतले जनाए अनुसार पिपरपाती नाकाबाट तस्कर संगठनका मुख्य नाइकेको रूपमा चिनिने बिनोद, सत्रुधन लगायत हालको समयमा मोटरसाइकलको माध्यमले कपडाको काम गरिरहेका छन भने स्थानिय ब्यपारी कहिले काहीँ सशस्त्र प्रहरी निरीक्षक कोइरालालाइ नजराना बुझाए पश्चात् ट्रयाक्टरको माध्यमले धान भित्र्याउने गरेको बताएका छन । त्यस्तै नेपाल भन्सारले भैसीको भन्सार काटन छोडेपनी भैसी तस्करी भएर नेपाल भित्रिने गरेको बताए ।
अबैध तरिकाले नेपाल भित्रिने भैंसी प्रहरीकै सहयोगमा भित्रिने गरेको र नेपालको विभिन्न ठाउहरूमा पुग्ने गरेको बताइएको छ । स्थानिय एक तस्कर श्रोतका अनुसार सीमा नाका कटाउनको निम्ति सशस्त्र प्रहरीलाई नजरान दिने गरेको तर नेपाल भित्रिनसाथ वडा अध्यक्षहरू सङ सिफारिस गराइ नेपालको विभिन्न ठाउहरूमा पुर्याउने गरेको बताए ।
यता पिपरपाती मात्र होइन सीमा नाकामै रहेको अर्को बि.ओ.पि बेल्दारी मातहातमा पर्ने नाकाबाट समेत तस्करी कार्य फस्टाएको खबर प्राप्त भएको छ । प्राप्त खबर अनुसार धान, गिट्टी, चौपाया र रक्सीको तस्करी बढेको बताइएको छ । पिक अपको माध्यमले रक्सी नेपालको विभिन्न ठाउहरूबाट आउने र प्रहरीकै सहयोगमा भारतसम्म पुग्ने गरेको बताइन्छ । सीमा नाकाबाट बढ्दै गइरहेको तस्करी बारे समाचार आएपनी आफ्नो सेफको लागि सशस्त्र प्रहरी बल नेपाल, १२ नम्बर गणका तत्कालीन प्रमुख डिएसपी सन्तोष बस्नेतलाइ समेत सशस्त्र प्रहरी निरीक्षक इश्वर कोइराला र सुबाश पुलामीले मोटो रकमको नजराना दिएको बिशेश श्रोतले जनाएको छ ।
सशस्त्र प्रहरी संगठनलाई नै बदनाम गर्दै संगठनको नीति निर्देशन विपरीत कार्य गर्ने यस्ता कामाइ खाने भाडो बनाएका पदाधिकारीहरू माथी माथिल्लो निकायको ध्यान जान अति आवश्यक देखिन्छ । सशस्त्र प्रहरी बल, नेपाल प्रदेश नम्बर २ का प्रमुख डिआइजी प्रविण श्रेष्ठले घुसखोरी गर्ने कुनैपनी पदाधिकारीलाई कानूनको दायरामा लिएर आउने बताएका छन । तर यस्ता घुसकोर र आफ्नै संगठनको नीति निर्देशन विपरीत कार्य गर्ने पदाधिकारीहरू माथी माथिल्लो निकायको ध्यान जान अति आवश्यक देखिन्छ ।

Leave A Reply

Your email address will not be published.