Ultimate magazine theme for WordPress.

बारामा सशस्त्र प्रहरी घुमुवा थापाको आतंक, कारवाही कस्ले गर्ने ?

118

बारा, २९ मंसिर ÷ बाराको जितपुरमा सशस्त्र प्रहरी हवलदार थापाको आतंक बढेपनि सशस्त्र प्रहरी बल संगठनले कारवाही गर्न सकेको छैन । सशस्त्र प्रहरी बल नेपाल बेस क्यामप जितपुरबाट सशस्त्र प्रहरी निरीक्षक प्रकाश बिक्रम कार्कीले आफ्नो मनमौजी पाराले घुमुवा परिचालन गरेपनि सशस्त्र प्रहरी बल निकायले हालसम्म कारवाही गर्न नसकेको बताइन्छ ।
सशस्त्र प्रहरी बल २ नम्बर बाहिनीमा डिआईजी चन्द्र प्रकाश गौत्तमको आग्मन हुनसाथ प्रदेश नम्बर २ को सबै जिल्लाहरुबाट घुमुवाहरुलाई तानी कारवाही गरिरहेपनि जितपुरमा घुमुवा परिचालन नै रहेको प्रष्ट भएको छ । सशस्त्र प्रहरी बल नेपाल संगठनका आइजीपि शैलेन्द्र खनालले दिएको निर्देशन बमोजिम डिआईजी गौतमले सबै घुमुवाहरुलाई तानी कारवाही गरिरहेपनि केही राजनीति पावरको कारण सशस्त्र प्रहरी हवलदार सुरेन्द्र कार्की सादा पोशाकमै खटिने गरेको सशस्त्र प्रहरी श्रोतले जनाएको छ ।
श्रोतले जनाए अनुसार सशस्त्र प्रहरी बल नेपाल बेस क्यामप जितपुरका प्रमुख सशस्त्र प्रहरी निरीक्षक प्रकाश बिक्रम कार्कीले आफ्ना्े पावर र पहुचको दुरुपयोग गर्दै घुमुवा थापालाई खटाउने गरेको बताए । संगठनको नीति निर्देशनलाई अपनाउदै अगाडी बढनुको साटो सशस्त्र प्रहरी निरीक्षक कार्कीले सशस्त्र प्रहरी हवलदार सुरेन्द्र कार्कीलाई खटाएको आफ्नो नाम नछाप्ने सर्तमा बेस क्याम्पका कर्मचारीले बताए । उनका अनुसार बारा र पर्सा जिल्लाको नाकाहरुबाट अवैध तरिकाले भित्रिएको मालसमानबाट मासिक नजराना बुझनको निम्ति सशस्त्र प्रहरी हवलदार थापालाई खटाइएको आरोप लगाए ।
यता सशस्त्र प्रहरी उपरीक्षक रबिनराज कर्णजितका अनुसार आफ्नो कार्यक्षेत्र भित्र पर्ने कुनै बोर्डर आउट पोष्ट लगायत बेस क्याम्पहरुमा घुमुवा परिचालन भएको भए कारवाही गरिने बताउनु भयो । आफ्नो संगठनको नीति निर्देशन अनुसार आफु लगायत आफ्नो टिम तस्करीका मालसमानका साथै अपराधी क्रियाकलापमा निगरानी बढाएको बताउनु भयो । उहाले संगठनको निर्देशनलाई अवहेलना गर्ने जोकोहीलाई पनि कारवाही गर्नबाट पछि नहटने बताउदै यस बिषयमा बुझने भन्दै प्रतिक्रिया दिएका थिए ।

Leave A Reply

Your email address will not be published.