Ultimate magazine theme for WordPress.

बारामा युवकको हत्या गरेको आशंका, प्रहरी कारवाही तिब्र

174

बारा, ३ असार ÷ बारा जिल्लाको बरैनियामा एक जना पुरुषलाई कुटपिट गरी हत्या गरिएको आशंकामा प्रहरीले आफ्नो अनुसन्धान कार्य तिब्र रुपले अगाडी बढाएको छ । बुधवार राति करिब ८ बजे घरबाट निस्केको पुरुषको आज बिहान मृत्यु भइसकेको अवस्थामा शव बरामद भएको हो ।
बाराको बिश्रामपुर गाउपालिका वडा नम्बर २ निवासी करिमन बैठाको २४ बर्षिय छोरा बिरेन्द्र बैठाको शब बरामद भएको छ । शब बरामद भएपछि जिल्ला प्रहरी कार्यालय बाराबाट प्रहरी नायब उपरीक्षक गौतम मिश्र लगायत अपराध अनुसन्धान शाखाको टोली घटना स्थल पुगी आफ्नो अनुसन्धान तिब्र रुपले अगाडी बढाएका छन । प्रहरी नायब उपरीक्षक गौतम मिश्रले बुधवार राति घरबाट निस्केको बिरेन्द्र बैठाको आज बिहान शव बरामद भएको जनाएका छन । मृतकको जिउमा चोट पटक लागेको कारण हत्या गरिएको हुन सक्ने मिश्रले जानकारी दिनुभयो ।
प्रहरी नायब उपरीक्षक गौतम मिश्रले हत्या जोकोहीले गरेपनि कानुनको कटघरामा उभाएरै छोडने प्रतिवद्धता गर्दै अनुसन्धान कार्य तिब्र रुपले अगाडी बढाएको बताउनु भयो ।

Leave A Reply

Your email address will not be published.