Ultimate magazine theme for WordPress.

बारामा फेरी १० बर्षिय दलित बालिका बलात्कृत, अनुसन्धान भइरहेको प्रहरीको भनाई

352
उमेश दुबे
बारा, १२ पौष ÷ बाराको प्रसौनी गाउपालिका वडा नं. ५ मा फेरी एक दलित बालिका बलात्कृत भएको समाचार प्राप्त भएको छ । प्राप्त समाचार अनुसार बाराको प्रसौनी गाउपालिका वडा नं. ५ प्रस्टोका टोलमा एक दलित बालिकालाई बलात्कृत भएकी स्थानियले जनाएका छन् ।
स्थानियले जनाए अनुसार बलात्कारको घटनामा परेका दलित बालिका र बलात्कार घटनामा संलग्न रहेका ठूलो मान्छे रहेको कारण कसैले मुख नखोलेपनि बलात्कार घटनामा परेकी १० बर्षिय बालिकाका आमाले रहस्य खोलेको बताए । उनका अनुसार बुधवार जिल्ला प्रहरी कार्यालय बारामा बलात्कारको बिषयमा उजुरी समेत दिसकेको बताए । उ्जुरीको आधारमा जिल्ला प्रहरी कार्यालय बाराबाट प्रहरी निरीक्षकको कमाण्डमा खटिएको टोली घटना स्थलमा पुगी छानबिन समेत गरी लगेको बताए । तर बलात्कार घटनामा संलग्न ठूलो साउ महाजन घटना दबाउन लागि परेको बताए ।
यस बिषयमा जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक सानुराम भट्टराई संग बुझदा उनले यस घटना बारे अनुसन्धान गरिरहेको बताए । प्रहरी उपरीक्षक भट्टराइले बाल यौन दुरुपयोग हुन सक्ने बताउदै अनुसन्धान गरिरहेको बताए ।

Leave A Reply

Your email address will not be published.