Ultimate magazine theme for WordPress.

बारामा दोश्रो सिमरा औद्योगिक व्यापार, कृषि तथा खेलकुद महोत्सव शुरु

86

बारा, ६ पौष ÷ बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.१ स्थित सिमरा रङ्गशालामा शुक्रवारबाट दोश्रो सिमरा औद्योगिक व्यापार, कृषि तथा खेलकुद महोत्सव शुरु भएको छ । सिमरा फाउण्डेशनको मुख्य आयोजना, औद्योगिक शान्ति नेपाल काठमाण्डौं र सिमराको हाम्रो समन क्याम्पको सहकार्यमा यो महोत्सव हुँन लागेको हो ।
आगामी १६ पुष सम्म चल्ने यस महोत्सवको प्रतिनिधी सदस्य कृष्ण श्रेष्ठले उद्घाटन गरे । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले कुँनै राजनितीक पुर्वाग्रह नराखी यस क्षेत्रको विकासमा सबै एक जुट हँुन आग्रह गरेका थिए । यस क्षेत्रमा निर्माण हुँन लागेको दोस्रो अन्तर्राष्ट्रिय विमान स्थल, विशेष आर्थिक क्षेत्र (सेज), ६ लेन व्यापारीक मार्ग, पेट्रोलियम पाईप लाईनका साथै काठमाण्डौंसँग तराईलाई जोड्ने फास्ट्रयाकले बारा जिल्लालाई ठूलो अवसर दिएकोले यसलाई सदुपयोग गर्न सबैलाई आग्रह गरे ।
महोत्सव स्थल सिमरा रङ्गशालामा हिमाल, पहाड र तराईको प्रतिनिधित्व झल्किने दुई सय भन्दा बढि विभिन्न स्टलहरु राखिएको छ । २०७२ को भूकम्पले भत्काएको ऐतिहासिक धरहराको प्रतिविम्ब देखि बुद्ध जन्मस्थल लुम्बिनीको मायादेवी मन्दिर, हात्ती तथा गैंडाका स्तम्भ लगायत नेपालका विभिन्न स्थानको पहिचान झल्काउँने प्रतिविम्बहरु समेत निर्माण गरिएको छ । प्रत्येक दिन महोत्सवमा सहभागि हुँन आउँने दर्शकको मनोरञ्जनका लागि चार दर्जन भन्दा बढी राष्ट्रिय कलाकारहरुको सहभागितामा मनोरञ्जनात्मक कार्यक्रम, वाल उद्यान तथा अन्य विभिन्न मनोरञ्जनका साधनहरुको व्यवस्था मिलाईएको आयोजकले जनाएको छ ।
सिमरा फाउण्डेशनका अध्यक्ष हुसेनको सापतित्वमा सम्पन्न कार्यक्रममा प्रदेश नम्बर २ मा प्रदेश सभा सदस्य सुन्दर विक, सीता गुरुङ्ग, ज्वाला साह, जीतपुरसिमरा उपमहानगरपालिकाका नगरप्रमुख डा.कृष्ण प्रौडेल, निजगढ नगरपालिकाका नगर उपप्रमुख लिलादेवि खनाल, नेपाली काँग्रेसका नगरसभापति श्यामबाबु गुप्ता लगायतको उपस्थिती रहेको थियो ।

Leave A Reply

Your email address will not be published.