Ultimate magazine theme for WordPress.

बाराको सिम्रौणगढ नगरपालिकामा व्यापक भ्रष्टाचार भएको स्थानियवासीहरुको आरोप

91

बारा, १६ कार्तिक ÷ बाराको सिम्रौणगढ नगरपालिकामा व्यपाक भ्रष्टाचारी भएको आरोप स्थानियवासीहरुले लगाएका छन् । आज सिम्रौणगढमा स्थानियवासीहरुले पत्रकार सम्मेलनको आयोजना गरी नगरपालिकामा व्यापक भ्रष्टाचारी भएको आरोप लगाएका हुन ।
रकम अनुसार नगरपालिका भित्र कामै नभएको र नगर प्रमुख बिजय शंकर यादवले आफ्नो आसेपासेहरुलाई उपभोक्ता समितिमा राखि नगरपालिकाको बजेट सिध्याउने गरेको आरोप स्थानियवासीहरुको रहेको छ । सिम्रौणगढ नगरपालिका वडा नं. ४ मा सबै भन्दा बढी भ्रष्टाचार भएको समेत बताइएको छ । नगरपालिका भित्र रहेका विकास निर्माणका सम्पूर्ण योजनाहरूको वडामा स्थलगत अनुगमन गरेर हेर्दा अधिकांश योजनामा विनियोजन गरेकोे रकम अनुसार काम नभएको बारे रमेश कुमार कुशवाहाले जानकारी दिएका हुन् । उनले काम नै नगरी विनियोजन गरेको रकम निकासा गरेको समेत नगरपालिकामा देखिएको बताए ।
सिम्रौनगढ नगरपालिकाका नगर प्रमुख यादव तथा केहि कर्मचारीहरुको मिलोमता काम नभएको योजनाहरुको समेत विनियोजन गरेको रकम निकासा भएको दावी गरे । नगरपालिकामा आफूहरुले यस बारेमा पटक पटक जनाकारी गराउदा पनि नगरपालिकाले कुनै पनि चासो नलिएको बारे गगनदेव प्रसाद कुशवाहाले जानकारी दिए ।
पत्रकार सम्मेलनमा गगनदेव प्रसाद कुशवाहा, नेकपाका रामबावु यादव , ईस्लाम अंसारी , नवल किशोर ठाकुर जानकी मुखिया, सुरेश लाल कुशवाहा लगायत सयौ जनको उपस्थिती रहेको थियो । भ्रष्टाचार विरोधी अभियान सिम्रौनगढका कार्यक्रमको संचालन भोजेन्द्र प्रसाद यादवले गरेका थिए । भने कार्यक्रममा स्वागत मन्तव्य महेन्द्र प्रसाद जैसवालले गरेका थिए ।
नगरपालिकाको कुल बजेट ४५ करोड मध्येको करिब ५० प्रतिशत योजनामा नगर प्रमुख यादवले आफ्ना निकट व्यक्तिहरुलाई उपभोक्ता समिति बनाई काम गराएको हो । उपभोक्ता समिति बनाउदा स्थानीय बासीहरुलाई बिना जानकारी दिई उपभोक्ता समिति गठन गरेको कुरा सुनाए ।
विभिन्न शिर्षकमा बजेट विभियोजन गरेको मध्ये कबिर ८० वटा योजना तथा कार्यक्रमको नाम नै तोकी उजुरी दिएका छन् । साथै अधिकांश योजनामा कमसल काम भएको , काम नै नगरी बजेट निकाशा गरीएको , साथै अधुरो काम गरेर पनि पुरै रकम निकाशा गरीएको पत्रकार सम्मेलनमा जानकारी दिए ।
यस बारेमा विभिन्न प्रमाणका कागजात सहित प्रधानमन्त्री तथा मन्त्री परिषदेको कार्यालय , अख्तियार दुरुपयोग अनुसंधान आयोग , संघिय मामला तथा सामान्य प्रशासन मन्त्रालय, प्रदेश सरकारको सचिवालय , राष्ट्रिय सतर्कता केन्द्र तथा जिल्ला प्रशासन कार्यालय बारा लगायत अन्य विभिन्न सरोकारवाला कार्यालयमा उजुरी दिएका समेत जनाए ।

Leave A Reply

Your email address will not be published.