Ultimate magazine theme for WordPress.

बाराको निर्वाचन क्षेत्र नम्बर २ मा लोकप्रिय बन्दै कुश्वाहा

72

बारा, २४ चैत्र / बाराको निर्वाचन क्षेत्र नम्बर २ मा हुन गइरहेको उपनिर्वाचनमा जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुश्वाहा लोकप्रिय बन्दै गएका छन । क्षेत्र नम्बर २ को विकास प्रेमी र अहोरात्र जनताको सेवामा समर्पित रहेकाले जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुश्वाहा लोकप्रिय बन्दै गएका हुन ।
बैशाख १० गते हुन गइरहेको उपनिर्वाचनमा कुनै भगौडा नेतालाई निर्वाचित गराउन नसक्ने स्थानीय मतदाताहरुले बताउदै आफ्नै क्षेत्रका उम्मेदवारलाई निर्वाचित गराउने बताएका छन । आ—आफ्नो क्षेत्रबाट पराजित भएका उम्मेदवारहरु बारा जिल्लाको २ नम्बर क्षेत्रलाई टार्गेट गर्दै कुर्सीको रोटी सेक्ने काम गरेकोले कुनै हालतमा भगौडा उम्मेदवारलाई निर्वाचित गराउन नसक्ने स्थानीय मतदाताहरु बताउछन ।
निर्वाचन क्षेत्र नम्बर २ मा हुन गइरहेको उपनिर्वाचनमा उम्मेदवार शिवचन्द्र कुश्वाहा, दोब्बर मतान्तरले निर्वाचित हुने मतदातहरुले दावी गर्छन । जसरी भएपनि आफ्नै क्षेत्रका उम्मेदवार रहेको र दुख परेको बेला काम लाग्न सक्ने भएकोले पनि आफ्नो समर्थन कुश्वाहा प्रति रहेको मतदाताहरु बताउछन । बाहिरबाट आएका उम्मेदवार निर्वाचित हुन्छन र सत्तामा पुगेर आफ्नो कुर्सीको चलखेल बाहेक क्षेत्रको लागि केही गर्न नसक्ने, उनले बताए ।
यता बारा जिल्ला निर्वाचन क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिनु भएका शिवचन्द्र कुश्वाहाले यस क्षेत्रका जनता प्रति कोई उम्मेदवार इमान्दार छन ? निर्वाचित हुन यस क्षेत्रलाई टार्गेट गर्ने नेताले जनता प्रति चासो देखाउलान ? कुर्सीको लागि निर्वाचित हुन आउने नेताले जनता प्रति वफादार होलान ? भन्दै प्रश्ण गरेका थिए । उहाले कुनै सर्तमा बाहरिया उम्मेदवार अर्को जिल्लाको क्षेत्रको जनताको लागि वफादार हुनै नसक्ने बताउनु भयो । उहाले जनता माझ बसि जनताको सेवा गर्दै आएको कारण यस क्षेत्रका जनता आफुलाई नै निर्वाचित गराउने विश्वास व्यक्त गर्नुभयो ।

Leave A Reply

Your email address will not be published.