Ultimate magazine theme for WordPress.

बाराको कवहीगोठबाट लागु औषध गाजा, भारतीय गाडी सहित चालक पक्राउ

80
उमेश दुबे
बारा, १३ कार्तिक ÷ नेपाल र भारतको सिमाना नाका स्थित रहेको बाराको कवहीगोठबाट लागु औषध गा“जा, भारतीय गाडी सहित एक जना चालकलाई बारा प्रहरीले पक्राउ गरेको छ । बिशेष सुचनाको आधारमा नेपालबाट भारतर्फ गइरहेको बेला बारा प्रहरीले पक्राउ गर्न सफल भएको हो ।
नेपालबाट भारततर्फ गइरहेको बेला इलाका प्रहरी कार्यालय कवहीगोठबाट प्रहरी नायब निरीक्षक हरिप्रसाद भुषालको कमाण्डमा खटिएको प्रहरी टोलीले पक्राउ गर्न सफल भएको प्रहरीले जनाएको छ । लागु औषध गाजा भारतीय गाडीबाट भारततर्फ गइरहेको सूचना पाउनसाथ खटिएको प्रहरी टोलीले आज करिब साझ ४ बजेर ३० मिनेटमा सुवर्ण गाउपालिका वडा नं. ३ स्थितबाट नियन्त्रणमा लिन सफल भएको प्रहरी श्रोतले जनाएको छ । यस बिषयमा जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक सानु राम भट्टराइले बिस्तृत बिबरण आउन बाकी रहेको बताउनु भयो ।

Leave A Reply

Your email address will not be published.