Ultimate magazine theme for WordPress.

बर्षायामको बेला पनि टहरामा बस्न बाध्य : पिडित

180

उमेश दुबे
पर्सा, २६ चैत्र ÷ चैत्र १७ गते आएको बिनाश्कारी हावाहुरीले गर्दा बारा र पर्सा गरी ४५ जनाको मृत्यु हुनको साथै ६ सय भन्दा बढी घाइते भएका थिए । कतिपय घटना स्थलमै मृत्यु भए भने कतिजना उपचारको क्रममा मृत्यु भए । बिनाश्कारी हावाहुरीमा परी धनबाली नष्ट हुनुको साथै बखारीमा जम्मा गरी राखेको अन्नबाली समेत नष्ट भयो । बिनाश्कारी हावाहुरी पश्चात मृतक परिवारको लागि प्रदेश नम्बर २ सरकारले ३ लाख र घइतेलाई उपचारको क्रममा खर्च नलाग्ने जनाएका थिए । केन्द्रिय सरकारले घर बिहिनका लागि ४ कोठे भवनको निर्माण गर्ने जनाएपनि हालको समयमा घरबाट बेघर भएकाहरुको लागि नेपाली सेना र सशस्त्र प्रहरीले सहयोग स्वरुप दिएका टेन मेन टेन्ट नामक टहरामै समय बिताउन बाध्य भएको पिडितहरु बताउछन् । बिनाश्कारी हावाहुरीमा स्वास्नी र बुहारीको मृत्यु भएको फेटा गाउपालिका वडा नम्बर १ स्थित रहेका एक जना पिडितले बताए । टिभि टुडे टेलिभिजन संग कुरा गर्दै पिडितले हालको समय अलि अलि राहत आएपनि पानी पर्ने बेला टेन्टमा बसी समय बिताइरहेको बताए ।
नेपालको बिभिन्न स्थानहरुबाट खादान्य समाग्री जस्तै चाउचाउ, चामल, दाल, तेल, भाडाकुडा लगायत आइरहेको पिडितले बताए । यता फेटा गाउपालिका वडा नम्बर १ का वडा अध्यक्ष जयप्रकाश दासले बिनाश्कारी हावाहुरी आउनसाथ शुरु शुरुमा गाउपालिकाकै माध्यमले खानाको ब्यवस्था गरिएको बताउनु भयो । अब बिस्तारै पिडितहरुको लागि सहयोग जुटन थालेपछि पिडितहरु आफै खाना बनाउने कार्य गरिरहेको बताए । उनले राहत आउने कार्य जारी नै रहेको तर राहत स्वरुप आउने समाग्री दोहोरो बितरण हुने गरेकोले जिल्ला प्रशासन कार्यालय बाराले कुपन सिस्टम जारी गरिएको बताउनु भयो । राहत लिएर आउने गरेकाहरुलाई प्रहरी लगाई पिडित कहा पुग्न अगाडीनै रोकी जिल्ला प्रशासन कार्यालयले तोक लगाएको मात्र हेरी राहत बितरण गर्न दिइरहेको छ । जिल्ला प्रशासन कार्यालय बाराले अनुमति पत्र मात्र पठाए राहत बितरण गरिरहेको वडा अध्यक्ष दासले बताउनु भयो । उहाले फेटा गाउपालिका वडा नम्बर १ मा मात्रै १ सय ५० घरधुरी नष्ट भएको बताउनु भयो ।
चैत्र १७ गते आएको बिनाश्कारी हावाहुरीबाट सभन्दा बढी छति भएको बाराको फेटा गाउपालिकामा राहत स्वरुप खादान्य आएपनि पानी पर्ने बेला टहरामा बस्न बाध्य भएका छन् ।

Leave A Reply

Your email address will not be published.