Ultimate magazine theme for WordPress.

बर्षाको पानीले वीरगंज डुबायो

141

उमेश दुबे
पर्सा, ६ श्रावण / देशमा मौषम परिवर्तण भई मनसुन सक्रिय भएपछि भएको भारी बर्षाले जनधनको क्षति पु¥याएको छ । पहाडी जिल्लामा बँढी पहिरो र तराईका जिल्लाहरु डुवान र कटानमा परेका छन् । आइतवारदेखी अबिरल बर्षा भएको कारण पानीको सतह बढदै गएको छ । अत्याधिक वष्ँँृ भएको कारण वीरगंज महानगरको अधिकांश भु—भाग डुवानमा परेको छ । मानिसको घर भित्र समेत पानी पसेको कारण वस्त्र र खाट समेत समस्या परेको स्थानीयले बताएका छन । एशियाली विकास बैंकको ऋण सहयोगमा वीरगंज महानगरपालिकामा मझौला शहरी विकास आयोजना कार्यक्रम अन्तर ढल र नाला निर्माण गरिएको भएतापनि यस बर्षको बर्षातको पानीले ति सबै आयोजनाहरुलाई फेल गरि दिएको छ । बर्षाको पानी नालामा नबगेर सडकमा बगेको मात्र छैन । सडक नै खोलामा परिणत भएको छ । सर्वसधारणको घरको साथै सरकारी कार्यालयहरु समेत डुवानमा परेको कारण सेवा प्रदान गर्न समस्या परेको छ । सडकमा पानी जमेको कारण सवारीका साधनहरु चलाउन समेत समस्या परेको छ । आइतवारदेखी बर्षेको अविरल बर्षाको कारण वीरगंज महानगरपालिका डुवानमा परेको छ । सर्वसधारणका घरका साथै सरकारी कार्यालयहरु समेत डुवानमा परेकोले समस्या परेको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललित बस्नेतले प्रतिक्रिया दिनु भएको छ ।

वीरगंज महानगरपालिकाको आदर्शनगर, रानिघाट र छपकैया लगायतका स्थानहरु वर्षाको समयमा डुबानमा पर्ने गरेको थियो । यस वर्षाको पानीले पुरै बीरगंजलाई डुबानमा पारेको छ । बीरगंज महानगरपालिकाले श्रीसिया नदिको पानीको सतह बढेको कारण वर्षाको पानीले निकास नपाउदा बीरगंज डुबानमा परेको बताएको छ । मुसलधार वर्षाको कारण सडकमा पानी जमेकोले यातायात साधन चलाउन र मानिसलाई आवागमन गर्न सम्सया परेको छ भने व्यापार समेत प्रभावित भएको छ । घरहरुमा समेत पानी पसेको कारण स्थानिय कैयौ परिवारले खाना पकाएर खान र सुतन बस्न समेत पाएका छैन्न ।

Leave A Reply

Your email address will not be published.