Ultimate magazine theme for WordPress.

बर्दिको आडमा सर्वसाधारण(व्यवसायी)लाई लुट्दै प्रहरी हवलदार सुबोध यादव, कारवाही कस्ले गर्ने ?

157

पर्सा, ८ भाद्र / प्रहरी चौकी बहुअर्वा भाठाका प्रहरी हवलदार सुबोध यादव बर्दीको आडमा ब्रह्मलुट मचाएका छन् । पर्साको विन्दावासिनी गाउँपालिकामा पर्ने सो चौकीका प्रहरी हलदार यादव गुन्डाशैलीमा सर्वसाधारणलाई लुट्दै हिडेका हुन ।
विश्व महामारीको रुप लिएको कोरोना भाइरसले नेपाल पनि अछुतो न रहि सबैभन्दा बढि प्रभावित पर्सा जिल्ला भएपनि लकडाउनको मौका छोपी हलदार यादव बहुअर्वा भाठा चौक, बिश्रामपुर र गर्दाैल लगायतका स्थानीय पसले व्यवसायीसंग डराई धम्काई पैसा असुली गरी लुट्दै हिड्का छन् । प्रहरी प्रशासन जनताको रक्षक भएपनि पछिल्लो समयको लकडाउनको बेला बहुअर्वा, गर्दाैल र बिश्रामपुर गाउँका स्थानीयमाथि अपराधी जस्तो अन्धाधुन लठ्ठी प्रहार गरी आफूप्रति जनतामा भय, डर र त्रास देखाएर हलदार यादव अहिले खुद्रा पसले अथवा सानो व्यवसायीहरुसंग पैसा असुली गरी व्यवसाय संचालन गर्न दिईरहेको स्थानीयले दुखेसो पोखेका छन् ।
बहुअर्वा भाठ्ठा चौकीका प्रहरी सहायक निरीक्षक भएपनि चौकीका सबै कमाण्ड हलदार सुबोध यादवले नै चलाउने गरेकोले कमान्डरलाइ गुनासो गर्ने सर्वसाधारणलाई समेत कुटपिट गरी लुटपात मचाएको व्यवसायीहरुको गुनासो छ । कुनै कुनै व्यवसायीले पैसा दिन नमान्दा लकडाउनको बाहानामा कुठारघात तरिकाले कुटपिट गरि सरसमानालाई समेत फाल्ने गरेको स्थानीयले बताएका छन् ।
पर्सामा पहिलो पटक महिला प्रहरी प्रमुखको कमाण्डमा आएकी प्रहरी उपरीक्षक गंगा पन्त पर्सामा आएको बेला भय, डर र त्रासरहित आम नागरिकलाई सबै कुरो बोल्ने सक्ने बातावरण सृजना गर्ने दाबी गरेकी भएपनि प्रहरी हवलदार यादवको दादागिरीले पिडित व्यापारी नाम समेत राख्नबाट यतिबेला त्रसित भएका छन् । कोरोना महमारीमा जारी लकडाउनको बेला स्थानीयमाथि कुठारघात लठ्ठी प्रहार गरि आफ्नो पहुँचमाथिसम्म भएकोले कसैले पनि मेरो केही गर्न नसक्ने जस्ता कुराले धम्काउँदै जनताको रक्षक हुने प्रहरी हवलदार यादव अहिले जनताको भक्षक भएका छन् ।
यता एक जना प्रहरी श्रोतका अनुसार उक्त क्षेत्रका केही नेताहरू जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक गङ्गा पन्त सङ्ग प्रहरी हवलदारको बिषयमा भनेपनी थप प्रहरी हवलदार माथी आशिर्वाद दिएको बताए । उनका अनुसार महिला प्रहरी प्रमुख भएकै कारण केन्द्रले समेत उनलाइ संरक्षण गरेको हुदा र प्रहरी उपरीक्षक पन्तको आशिर्वाद प्रहरी हवलदार माथी भएको कारण जथाभावी नियम कानूनलाइ लत्याउदै काम गर्न सफल भएको बताए ।

Leave A Reply

Your email address will not be published.