Ultimate magazine theme for WordPress.

बबिता हत्यामा उनका पति नै संलगता रहेको प्रहरीको आशंका

94

वीरगंज, चैत्र १८ :वीउमनपा, रामगढवा टोलमा कार्यरत स्वास्थ्यकर्मी बबिता पडितको हत्यामा उनका पति अमरेन्द्र पडितको नै संलगता रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा आशंका रहेको छ ।

शुक्रवारसम्म उपस्वास्थ्यचौकी रामगढवामा काम गरेपछि बबिता बेपत्ता भएकी थिइन् । प्रहरीलाई प्राप्त सूचना अनुसार शिक्षक रहेका पति अमरेन्द्र शुक्रवार वीरगंजमा छोरी र पत्नीलाई भेटन आएकोेमा वविता र पति अरमेन्द्र वीच बादविवाद हुदा छोरीलाई शुक्रवार नै पतिले आफसंगै घर लगेको घरधनीको माध्यमबाट खुलेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी निरीक्षक अरुण कुशवाहाले जानकारी दिनुभयो ।

उनका पति अरर्मेन्द्रसंग वविताको सम्बन्ध राम्रो नरहेको वीरगंजमा छोरी र पत्नीलाइ भेटन प्रत्येक शुक्रबार वीरगंज भेटन आउदा बारम्बार झै–झगडा हुने गरेको तथा पति वीरगंजहत्या गरिएको बबिताको वीरगंज भिस्वा स्थित डेरामा खान तलासी गर्दा गर—गहना तथा महत्वपुर्ण कागजात समेत नभेटिएकाले पुर्व योजना अनुसार पतिकै संलगतामा हत्या भएको हुनसक्ने निष्कर्षमा पुगेको निरीक्षक कुशवाहाले बताउनुभयो ।

प्रहरी बबिताको बारा, परसौनी–८, नौतन टोलको उत्तरतर्पm रहेको सिंघाही नदीको किनारमा गत सोमवार बिहान शव भेटिएको थियो । मृतक बबिताका बुवा सर्लाही, सिसौटीया निवासी नागेन्द्र पडितले हिजो शव बुझी दाहसंस्कार गरेको बारा प्रहरीले जनाएको छ ।

 

५ वर्षीया छोरीसँग बस्दै आएकी बबिताको हत्याको दिन छोरीलाई अर्मेन्द्रले घरमा राखि शनिबारदेखि नै परिवारको सम्पर्क बाहिर रहेको र मोवाईलको स्विच बन्द गरि फरार रहेकाले निज पतिकै संलगतामा हत्या भएको प्रहरीको निष्कर्ष छ ।

घटनाबारे थप अनुसंन्धान भईरहेको बताउदै चाडै संफलता प्राप्त गर्ने प्रहरी निरीक्षक तथा अनुसंन्धानमा संल््लगन प्रहरी निरीक्षक अरुण कुशवाहाले जानकारी दिनुभयो

Leave A Reply

Your email address will not be published.