Ultimate magazine theme for WordPress.

फोरम नेपाल पर्साका अध्यक्ष यादव र भारतिय गृहमंत्री सिंह बिच औपचारीक भेटघाट

70
नयॉ दिल्ली,चैत्र ११ : भारत को गृह मंत्री राजनाथ सिंह र गृह राज्य मन्त्री किरण रिज्जू संग दिल्लीमै भारत नेपाल मैत्रीलाई लिएर एक शिष्टमंडलले आज औपचारीक भेटघाट गरेको छ। शिष्टमंडलमा भारतबाट सांसद अजय निषाद र नेपालबाट मीडिया फोर बार्डर हार्मोनीका संरक्षक संधीय समाजवादी फोरम नेपाल पर्साको अध्यक्ष प्रदीप यादवको उपस्तिथी रहेको थियो । मंत्री माननीय राजनाथ सिंह जि ले भन्नु भयो कि भारत नेपाल को बीच बेटी र रोटी को सम्बन्ध छ जसलाई खतम गर्न सकिदैन ।
शिष्टमंडलले नेपाल बोडरमा लागेको सुरक्षा प्रहरीको व्यवहारलाई अझै मैत्रीपूर्ण बनाउने, शांति, सौहार्द र साझा विकासको कुरा गर्नु भयो । पछिलो दिन काठमाडौंमा आयोजित नेपाल समिट २०१६ पारित २१ बुंदे मांग पत्र मंत्रीजी लाई जानकारी गराइयो ।केंद्रीय गृह मंत्रीले भन्नु भयो सबै मांग प्रति गंभीरतारुपले विचार गर्ने र तेइ जमिनमा उतार्ने पहल गर्नु भयो।
उहाले भन्नु भयो यो संगठन भारत नेपाल मैत्री प्रति राम्रो कार्य हो साथै सरकारले यस्तो संगठनलाई अझै राम्रो तरिकाले आयोजना गर्न मदत गर्ने छ । सांसद अजय निषाद र संघीय समाजवादी फोरम पर्सा नेपाल को अध्यक्ष प्रदीप यादवले मंत्री राजनाथ सिंह र किरण जी लाई बधाई दिनु भयो । शिष्टमंडलमा वरिस्ठ पत्रकार अमरेन्द्र तिवारी उपस्तिथी रहेको थियो ।

Leave A Reply

Your email address will not be published.