Ultimate magazine theme for WordPress.

फोरम नेपालको ३ महिने सिपमुलक तालिमको उद्घाटन

137

बिरगंज, पुष १९ – संघिय समाजवादी फोरम नेपाल द्वारा संचालन हुने ३ महिने सिलाई – कटाइ तालिमको आज एक कार्यक्रम बीच उद्घाटन भएको छ ।

तिन महिना सम्म चल्ने उक्त सिपमुलक तालिममा ३० जना महिलाको सहभागिता रहेको छ । संघिय समाजवादी फोरम नेपालका संसद सदस्य श्रवन कुमार अग्रवालको संसदीय कोषबाट उक्त तालिमको आयोजना भएको जानकारी समाजवादी विद्यार्थी फोरम नेपालका केन्द्रिय सदस्य निखिल बर्नवालले जानकारी दिए ।

बिरगंज उप-माहानगरपालिका जगरनाथपुरमा हुने उक्त तालिमको उद्घाटन संघिय समाजवादी फोरम नेपालका राष्ट्रिय उपाध्यक्ष लालबाबु राउत गद्दी र जिल्ला अध्यक्ष प्रदिप यादवले गरेका थिए ।

उद्घाटन कार्यक्रमलाइ सम्बोधन गर्दै शान्ति समिति पर्साका संयोजक समेत रहेका प्रदिप यादवले मधेशी समुदायको बिकाश गर्न महिलाको सशक्तिकरण गर्नु  महत्वपूर्ण रहेको बताएका थिए र यस्ता तालिमले हाम्रो समाजका महिलाहरुलाई आत्म निर्भर समेत बनाउने, यादवले बताए ।

त्यस्तै राष्ट्रिय उपाध्यक्ष लालबाबु राउत गद्दीले नेपाली मधेशी महिलाले आफ्नो सहभागिता देखाए मात्र मधेशमा हुने सामाजिक भेदभावको अन्त्य हुने बताए र यस्ता सिपमुलक तालिमले महिलालाइ बल दिने बताए ।

कार्यक्रममा पार्टीका अन्य नेता, कार्यक्रता, र समाजका अन्य अगुवाहरुको उपस्तिथी रहेको बर्नवालले जानकारी दिए ।

Leave A Reply

Your email address will not be published.