Ultimate magazine theme for WordPress.

फाल्गुन २६ मसाल जूलूस र फाल्गुन २७ संघिय गठबन्धनको नेपाल बन्द

55

 बिरगंज ,फाल्गुन २६गते :  मधेसको अधिकार र एजेन्डालाई अलमलमा पार्दै मधेसमा अशान्ति र हत्या हिंसा,आतंक मचाउने षड्यन्त्र रच्दै  मेची महाकाली अभियानको नाममा एमालेले सप्तरीमा गरेको कार्यक्रममा एमाले र स्थानीय प्रशासनलेफाल्गुन २३ गते सप्तरीमा निहत्था मधेसीको नरसंहार गरेको र सरकारले संविधान संसोधन बिना मधेसी जनताको भावनाको बिपरित स्थानीय निर्वाचनको मिति घोषणा गरेको बिरोधमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा सहित  संघिय गठबन्धनले आह्वान गरेको फाल्गुन २७ गते नेपाल बन्दलाई सफल पार्न आज मधेसी मोर्चा पर्साको बसेको बैठक ले २७ गतेको बन्दलाई सफल पार्न  फाल्गुन २६ गते बिरगंजमा मसाल जुलुस निकाल्ने र २७ गतेको बन्दलाई ससक्त रुपमा सफल पार्ने निर्णय गरेको छ।
बन्दको क्रममा एम्बुलेन्स,दमकल,कुटनैतिक नियोगका सवारी साधन,दुधको गाडी ,अस्पतालको गाडी,सञ्चार माध्यमको सवारी साधन,बिहे व्रत बन्धको गाडी निर्वाद रुपमा संचालन रहने छ भने  उधोग,ब्यवपार,कलकारखाना ,शैक्षिक संस्था,यातायात लगायत बजार पुर्ण ठप्प हुने छ।बन्दलाई सफल पार्न संबंधित सबैमा आग्रह समेत गरिएको छ।
नेपाल सदभावना पार्टी पर्सा जिल्ला अध्यक्ष कृष्ण पटेल को अध्यक्षतामा सम्पन्न बैठकमा संघीय समाजवादी फोरम नेपालका पर्सा जिल्ला अध्यक्ष प्रदिप यादव ,रामसपाका जिल्ला अध्यक्ष प्रेमबाबु पटेल,फोरम गणताण्त्रीका जिल्ला अध्यक्ष मुस्तकिम अन्सारी,सदभावना पार्टीका जिल्ला उपाध्यक्ष अनिरुध कलवार,बिरगंज नगर अध्यक्ष ओमप्रकाश सरार्फ,तराई मधेस लोकतान्त्रिक पार्टीका जिल्ला उपाध्यक्ष हजारी साह,जिल्ला सचिव चन्दन मिस्रा,भरत सरार्फ,तमसपा बिरेन्द्र यादव लगायतका नेताहरु उपस्थिति रहेको थियो

Leave A Reply

Your email address will not be published.