Ultimate magazine theme for WordPress.

फाल्गुनमा हुने ए.मा.ले., माओवादी को कार्यक्रम बिथोल्न मोर्चा तयार

53

वीरगन्ज, फागुन १४:बाराको नौतन गण्डकस्थित मधेस सेवा आश्रममा शुक्रवार पर्सा/बारा संयुक्त मधेसी मोर्चाको बैठक सम्पन्न भएको छ । बैठकले बारामा हुने दुईवटा कार्यक्रमलाई सशक्तरूपमा बिथोल्ने र पर्सा/बाराको गाउँगाउँमा भण्डाफोर कार्यक्रमलाई समन्वयात्मकरूपमा अघि बढाउने निर्णय भएको तराई मधेस लोकतान्त्रिक पार्टीका प्रवक्ता रमेश सर्राफले बताएका छन् ।

आगामी सोमवार सिम्रौनगढमा प्रधानमन्त्रीको आगमन हुने र सो बेला कार्यक्रम बिथोल्ने तथा फागुन २७ गते एमालेले बाराको जीतपुरमा गर्ने मेची– महाकाली अभियानलाई असफल पार्न फागुन १९ गते जीतपुरमा अन्तत्र्रिmया गरी रणनीति बनाउने पर्सा/बाराका मोर्चाले निर्णय गरेको छ ।

बैठकमा पर्साबाट प्रदीप यादव, शशीकपूर मियाँ, पुरुषोत्तम झा, प्रेमबाबू पटेललगायत तथा बाराबाट प्रमोद गुप्ता, रामबाबू यादव, जीतेन्द्र सोनल, नवलकिशोर सिंह, महमद सफिक, धर्मेन्द्र यादव, राजेश यादवलगायतको उपस्थिति थियो ।

श्रोत:-यात्रा डेली

Leave A Reply

Your email address will not be published.