Ultimate magazine theme for WordPress.

प्रहलाद गिरी र प्रधुमन चौहान फोरम नेपालको केन्द्रिय सदस्यमा सिफारिस

118
 वीरगन्ज, १६ जेठ ः संघीय समाजवादी फोरम नेपाल पर्साको जिल्ला कार्य समितिको बैठक आज वीरगन्जमा सम्पन्न भएको छ ।
   बैठकले हालै एमाले परित्याग गरि फोरम नेपालमा प्रवेश गरेका प्रहलाद गिरी र प्रधुमन चौहानलाइ पार्टीको केन्द्रिय सदस्यमा मनोनयन गर्न केन्द्रिय कार्य समितिलाइ सिफारिस गरेको छ ।
  यस्तै बैठकले सुजीत गिरी र एजाज हुसेन राँकीलाइ समाजवादी विधार्थी फोरम नेपालको केन्द्रिय सदस्यामा सिफरिस गर्ने निर्णय पनि गरेको छ । बैठकले फोरम नेपालको जिल्ला कार्य समिति सदस्यमा सत्या सिनेमा हलका सन्चालक प्रमोद साह कानु र जितेन्द्र यादवलाइ मनोनयन पनि गरेको छ । यादवलाइ क्षेत्र नम्बर ३ को इन्चार्जको जिम्मेवारी पनि दिइएको छ ।
  यसैगरि बैठकले आगामी निर्वाचनका लागि उम्मेदवार छनौट गर्न पाँच वटै निर्वाचन क्षेत्रमा क्षेत्रीय अध्यक्षहरुको संयोजकत्वमा पाच पाच सदस्यिय उम्मेदवार छनौट समिति गठन गर्ने निर्णय पनि गरेको छ ।
आगामी चुनावमा नयाँ शक्ति पार्टीसंग समन्वय गर्न केन्द्रिय सदस्य वीरेन्द्र यादवको संयोजकत्वमा नौ सदस्यिय समिति पनि गठन गरिएको फोरम नेपाल पर्साले जनाएको छ ।
      फोरम नेपाल पर्साका अध्यक्ष प्रदीप यादवको अध्यक्षतामा सम्पन्न बैठकमा जिल्ला इन्चार्ज एंव केन्द्रिय सदस्य वीरेन्द्र यादव , जिल्ला उपाध्यक्ष मन्जुर अन्सारी , सचिव नागेन्द्र यादव , सहसचिव बालेश्वर गौरो , प्रवक्ता रामनरेश प्रसाद यादव लगायतका नेताहरुको उपस्थिती रहेको थियो ।

Leave A Reply

Your email address will not be published.